
महेन्द्रनगरमा पुनर्वासकी २२ वर्षिया खड्का झुण्डिएको अवस्थामा फेला, एक जना पक्राऊ
कञ्चनपुर– जिल्लामा एक युवतीकाे रहस्यमय तवरले मृत फेला परेछि छिन् । पुनर्वास नगरपालिका –०६ बस्ने लक्ष्मी खडका मृत अवस्थामा फेला परेकी छन् । २२ वर्षिय युवती लक्ष्मी खड्का भीनपा –१८ खैरभट्टीकी नन्दा जोशीको घरमा झुण्डिएको अवस्थामा मृत फेला परेकी जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएकाे छ ।
प्रहरीले सुचना पाउने वितिकै झुण्डिएकाे अवस्थामा हामिले फेला परेकाे जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रकाश डाँगीले जानकारी दिनु भयाे ।
मृतक सँगै बस्दै आएका हुम्ला सिमकोट –४ का भेषराज शाहीलाई साे घटनामा संलग्नको आशंकामा पक्राउ गरी अनुसन्धान भई रहेको कञ्चनपुर प्रहरी प्रवक्ता प्रकाश डाँगीले बताए ।
यहि पाैष १७ गते घर बाट भागेकि युवती खड्का एकाएक मृत फेला परेकाे जानकारी पाएकाे उनका परिवारकाे भनाई रहेकाे छ । पारिवारिक स्रोतका अनुसार उनकाे मृत्यु रहस्यमय तवरले भएकाे बताएका छन् ।
यता मृतकका परिवारले बलात्कार पछि हत्या भएको आशंका गरेका छन् । घटनाकाे निष्पक्ष छानविन गरि घटनामा संलग्नलाई कडा भन्दा कडा कारवाहीको माग गरेका छन् ।