Above Article Ad
  • पुनर्वास–८ वडा कार्यालयद्वारा प्रहरीलाई साईकल सहयोग

    Above Article Content Ad
  • पुनर्वास–कञ्चनपुरको पुनर्वास नगरपालिका–८, वडा कार्यालयले प्रहरीका लागि साईकल सहयोग गरेको छ ।

    बिहिबार पुनर्वास नगरपालिका–८ का वडाध्यक्ष राना श्रवणले वडाभित्रका विभिन्न गतिविधिमा प्रहरीको सक्रियता बढाउन खड्डा प्रहरी चौकीलाई दुई वटा साईकल सहयोग गरेको हो ।

    Article inline ad #1
  • समुदायको शान्ति सुरक्षामा नेपाल प्रहरीको भुमिका अहम हुन्छ ।त्यसकारण गस्तिका लागि साईकल निकै उपयोगी हुने भएकाले साईकल सहयोग गरेको वडाध्यक्ष रानाले जानकारी दिए ।

    Article inline ad #2

    खड्डा प्रहरी चौकीलाई साईकल हस्तान्तरण गरेपछि चौकीका प्रमुख प्रहरी सहायक निरिक्षक बिक्रम धामीले वडाध्यक्ष रानालाई धन्यवाद व्यक्त गरे । “साधन नहुँदा गस्तीमा जान समेत असहज भएको थियो ।” उनले भने, “साईकलले अब केहि राहत हुनेमा विश्वस्त छु ।”

    कम जनशक्ति र साधनको अभावका कारण पुनर्वासका प्रहरी निकायलाई समस्या देखिदै आएको देखिन्छ ।

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Below Comments Ad
  • छुटाउनुभयो कि?
    Close
    Back to top button