
कैलालीबाट लागुऔषधसहित ३ जना पक्राउ
Above Article Content Ad
धनगढी-कैलालीबाट लागुऔषधसहित ३ जना पक्राउ परेका छन्।गोदावरी नगरपालिका–२ बसपार्कबाट लागूऔषध खैरो हेरोइन ३ सय ७० मिलिग्रामसहित डोटीको शिखर नगरपालिका–२ बस्ने २५ वर्षीय कृष्ण दमाईलाई आईतबार बिहान इलाका प्रहरी कार्यालय मालाखेती, कैलालीबाट खटिएको प्रहरीले टोलीले पक्राउ गरेको हो।
यसैगरी, लम्कीचुहा नगरपालिका–१ थपालिपुरबाट खैरो हेरोइन १ ग्राम १६० मिलिग्रामसहित सोही ठाउँ बस्ने ३० वर्षीय प्रकाश शर्मालाई आईतबार दिउँसो इलाका प्रहरी कार्यालय लम्कीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो।
Article inline ad #1
यसैगरी, भजनी नगरपालिका–३ कुसुमघाटबाट खैरो हेरोइन ५ सय ४० मिलिग्रामसहित जोशिपुर गाउँपालिका–७ घैला बौनिया बस्ने ३० वर्षीय तेजबहादुर मौनीलाई आईतबार दिउँसो इलाका प्रहरी कार्यालय भजनीबाट खटिएको प्रहरीले उक्त पदार्थसहित पक्राउ गरेको जनाएको छ
Article inline ad #2
फेसबुक प्रतिक्रियाहरु
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1
+1
Below Article Content Ad















