Above Article Ad
  • एकीकृत समाजवादी पुनर्वासबाट मेयर पदमा ४ र उपमेयर पदमा ३ जनाको उम्मेदवारी

    चार जना मध्ये मेयर पदमा पुनः अहिलेकै मेयर जिवनराज थापाकै चर्चा बढी सुनिने गरेको छ ।

    Above Article Content Ad
  • हरिलाल जोशी: पुनर्वास- स्थानीय तहको निर्वाचनको मिति नजिकिए संगै सबै दलहरुलाई यतिबेला उम्मेदवार छनौट गर्न निकै सकस देखिएको छ ।

    बुधबार बसेको नेकपा एकीकृत समाजवादी पार्टीको बैठकले पुनर्वास नगरपालिकाका लागि मेयर पदका लागि ४ जना र उपमेयरका लागि ३ जनाको नाम सिफारिस गरेको हो ।

    Article inline ad #1
  • मेयर पदमा आरपी सार्की, स्थिर प्रसाद घिमिरे, पुर्णा कुमारी गुरुङ र जीवनराज थापाको नाम सिफारिस भएको छ। त्यस्तै उपप्रमुखमा टेक बहादुर थापा, पार्वती हमाल र दिलिप तामाङको नाम सिफारिस भएको एकीकृत समाजवादी पार्टी पुनर्वास नगर कमिटीले जनाएको छ ।

    Article inline ad #2
  • गठबन्धन हुने पक्का भएपछी पुनर्वास नगरपालिकामा मेयर पद एकीकृत समाजवादीको भागमा पर्ने निश्चित छ । चार जना मध्ये मेयर पदमा पुनः अहिलेकै मेयर जिवनराज थापाकै चर्चा बढी सुनिने गरेको छ ।
    उनी एकीकृत समाजवादीका जिल्ला अध्यक्ष पनि हुन् । त्यसैले पनि उनी मेयरमा दोहोरिने सम्भावना बढी देखिन्छ ।

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    1
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Below Comments Ad
  • Back to top button