Above Article Ad
  • अत्तरियामा ‘घुम्ती खाद्य प्रयोगशाला’ सहित बजार अनुगमन, अखाद्य बस्तु फेला

    Above Article Content Ad
  • अत्तरिया : कैलालीको अत्तरिया बजारमा पहिलो पटक ‘घुम्ती खाद्य प्रयोगशाला’ सहित बजार अनुगमन गरिएको छ । अखाद्य बस्तुको ठाउँको ठाउँ रिपोर्ट दिने गरी प्रयोगशाला सहितको गाडी लिएर गरिएको अनुगमनमा ठुलो परिणाममा अखाद्य बस्तु फेला परेको छ ।

    जसमा सबैभन्दा बढी आइसक्रिम बरामद गरिएको खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय धनगढीका खाद्य अनुसन्धान अधिकृत सुमन लामिछानेले बताए । उनले अत्तरियाका २ आइसक्रिम उद्योगमा गरिएको अनुगमनमा ३१० किलोग्राम अखाद्य आइसक्रिम बरामद गरिएको बताए । उनले मिश्रा आइस केन्डी उद्योगबाट २५० किलोग्राम र पुर्णागिरी आइसक्रिम उद्योगबाट ६० किलोग्राम अखाद्य आइसक्रिम जफत गरिएको बताए ।उक्त आइसक्रिमहरूमा उपभोग्य मिति नभएको, कच्चा पदार्थ प्रयोग गरिएको लेबल विवरण नलगाइएको, उद्योग दुर्गन्धित भएको लगायतका समस्या देखिएको बताए ।

    Article inline ad #1
  • मिश्रा आइस केन्डी उद्योग गोदावरी नगरपालिकामा दर्ता समेत नभएको पाइएको अनुगमन टोलीले बताएको छ । शुक्रवार खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय सहितको गोदावरी नगरपालिकाको अनुगमन टोलीले अत्तरिया बजारमा अनुगमन गरेको थियो ।जस क्रममा अत्तरिया बजार ४० वटा किराना, होटल, डेरी, मासु पसलमा अनुगमन गरिएकोमा ९० हजार बराबरको अखाद्य बस्तु फेला परेको गोदावरी नगरपालिकाको अनुगमन टोलीका सदस्य नरेश साउँदले बताए । अनुगमनका क्रममा केही किराना पसलमा म्याद नाघेका सामानहरू पनि फेला परेका थिए ।

    Article inline ad #2

    गोदावरी नगरपालिकाकी उपप्रमुख तथा अनुगमन टोलीकी संयोजक शारदा देवी रोकायाले बजारमा स्वस्थ खाद्य बस्तु भए नभएको बारेमा जानकारी लिन अनुगमन गरिएको बताइन् । उनले जनताको स्वास्थ्यलाई ध्यानमा राखेर खाद्य पसलहरूको अनुगमन गरिएको बताइन् । ‘हाम्रो मुख्य उद्देश्य नगरवासीलाई विभिन्न रोगबाट बचाउनको लागि, स्वास्थ्यमा सुधार ल्याउनको लागि, खानपिनमा सुधार ल्याउनका लागि अनुगमन गरेका हौ’ उनले भनिन् ‘अखाद्य बस्तु टेस्ट गरेर खाल्डोमा हाल्छौ ।’

    उनले कामको व्यस्तताले नियमित अनुगमनमा केही ढिलाइ भएको बताइन् । ‘सबै काम उपमेयरको जिम्मामा छ । संविधानले नै त्यही व्यवस्था गरेको छ’ उनले भनिन् ‘नगरप्रमुख ज्यु ले योजना बाँड्ने, आर्थिक कुरा वहसँग जोडिन्छ । उपप्रमुखको काम भनेको अनुगमन हुन्छ । योजनाको अनुगमन, बजार अनुगमन, संघसस्था सँग समन्वयन, न्यायिक समितिमा विवाद मिलाउने काम हुन्छ ।’

    पहिलो पटक घुम्ती प्रयोगशाला

    बजार अनुगमन गर्दा अखाद्य बस्तु हो वा होइन भनेर छुट्टाउन अनुगमन सँग सँगै ल्याब टेस्ट पनि गरिएको थियो । पहिलो पटक अत्तरियामा यसरी गरिएको अनुगमनबाट तत्काल आवश्यक कारबाही गर्न सहज भएको खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय धनगढीका प्रमुख हरेराम प्रधानले बताए ।

    उनले एक महिना अघि मात्रै सुदूरपश्चिममा ‘घुम्ती खाद्य प्रयोगशाला’ भित्र्याइएको बताए । उनले यसको पहिलो पटक महेन्द्रनगरमा बजार अनुगमनका क्रममा प्रयोग गरेर त्यसपछि अत्तरियामा प्रयोग गरिएको बताए । उनले घुम्ती खाद्य प्रयोगशालाबाट सम्बन्धित ठाउँमै चेक गरेर नतिजा दिन सकिने बताए ।

    ‘यसमा तेल, दूध, दही, घिउमा मिसावटका कुरा, रङ्ग मिसाइएको बारेमा चेक गरेर कारबाही पनि गर्न सक्छौ’ उनले भने ‘पहिले अनुगमनका क्रममा लेभल मात्रै हेर्ने गथ्र्यौ, कुनै शङ्कास्पद बस्तु भए नमुना लिएर कार्यालय जाने गरेका थियो । अहिले घुम्ती खाद्य प्रयोगशाला आएपछि लेबल मात्रै नहेरेर फिल्डमै टेस्ट गरिरहेका छौ ।’उनले अत्तरियामा दूध, घिउ, तेलको टेस्ट गरिएको बताए । जसमा डेरीको दूधमा न्युट्रलाइजर केमिकल मिसाइएको पाइएकाले सचेत गराइएको बताए ।

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Leave a Reply

    Your email address will not be published.

    Below Comments Ad
  • छुटाउनुभयो कि?
    Close
    Back to top button
    Download Our App From Google PlayStore

    Powered by