Above Article Ad
  • बझाङको पानकोट पुलबाट जिउँदो कुकुर नदीमा फाल्ने महिलाकाे खोजी गर्दै प्रहरी

    Above Article Content Ad
  • बझाङ: बझाङको सदरमुकाम नजिकै पानकोट पुलबाट जिउँदो कुकुरलाई सेती नदीमा फालेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि प्रहरीले घटनामा संलग्न महिलाको खोजी थालेको छ।

    सामाजिक सञ्जालमा सार्वजनिक भएको भिडियोमा एक महिलाले पुलबाट जिउँदो कुकुरलाई सेती नदीमा फालेको देखिन्छ। भिडियो सार्वजनिक भएपछि घटनाको चौतर्फी आलोचना भइरहेको छ। स्थानीय बासिन्दा तथा पशु अधिकारकर्मीले घटनामा संलग्नलाई तत्काल पक्राउ गरी कानुनबमोजिम कारबाही गर्न माग गरेका छन्।

    Article inline ad #1
  • भिडियो भाइरल भएपछि जिल्ला प्रहरी कार्यालय बझाङले घटनाबारे अनुसन्धान अघि बढाएको छ। जिल्ला प्रहरी कार्यालय बझाङका डिएसपी टेक जोराले भिडियो बाहिरिएलगत्तै प्रहरी टोलीलाई घटनास्थलमा पठाइएको बताए। प्रहरी टोलीले पानकोट पुल आसपासमा निरीक्षण गरे पनि कुकुर फेला पार्न नसकेको डिएसपी जोराले बताए। उनका अनुसार कुकुर नदीमा खसेपछि जिउँदो रहे नरहेकोसमेत यकिन हुन सकेको छैन।

    Article inline ad #2

    पशुपन्छीसम्बन्धी प्रचलित कानुनले पशुपन्छीप्रति निर्दयी व्यवहार गर्न तथा यातना दिन निषेध गरेको छ। प्रहरीले भिडियोमा देखिएकी महिलाको पहिचान तथा घटनाको वास्तविकताबारे अनुसन्धान गरिरहेको जनाएको छ।

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Leave a Reply

    Below Comments Ad
  • छुटाउनुभयो कि?
    Close
    Back to top button
    Advertisement
    Rimal Dental Clinic - Punarbas 6