Above Article Ad
  • कञ्चनपुरमा जंगली हात्ती मृत फेला

    Above Article Content Ad
  • धनगढी: कञ्चनपुरमा जंगली हात्ती मृत फेला परेको छ। बिहीबार बिहान जिल्लाको दोधारा चाँदनी नगरपालिका–३ बडुवाल टोलमा मरेको हात्ती फेला परेको हो।

    दोधारा चाँदनी नगरपालिका–३ का वडाध्यक्ष हरिसिंह धनाडीका अनुसार बिहान ६ बजे खेतमा गहुँ काट्न गएका स्थानीयले मरेको हात्ती देखेका हुन्।

    Article inline ad #1
  • गहुँ खेतनजिकै हात्ती मृत अवस्थामा भेटिएपछि शुक्लाफाँटा राष्ट्रिय निकुञ्जकको टोली घटनास्थलतर्फ गएको छ।

    Article inline ad #2

    बर्सेनि बडुवाल टोलका स्थानीयको अन्नबालीमा जंगली हात्तीले क्षति गर्ने गरेका छन्। यस  अगाडि कञ्चनपुरको लालझाडी गाउँपालिका-३ जाईँमा गत फागुनमा एउटा जंगली हात्ती मृत फेला परेको थियो।

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Leave a Reply

    Your email address will not be published.

    Below Comments Ad
  • छुटाउनुभयो कि?
    Close
    Back to top button
    Download Our App From Google PlayStore

    Powered by