Above Article Ad
  • पुनर्वासमा धानको थ्रेसरमा कपाल बेरिएर एक महिला गम्भीर घाइते

    Above Article Content Ad
  • कञ्चनपुरको पुनर्वासमा धानमा थ्रेसर लगाउने क्रममा थ्रेसरको पट्टामा कपाल बेरिदा एक महिला गम्भीर घाइते भएकी छन् ।

    शनिबार बिहान पुनर्वास नगरपालिका वडा नम्बर ५ ग गाउँमा आफ्नै घरमा थ्रेसर लगाउने क्रममा पट्टामा कपाल बेरिदा अन्दाजी ४५ वर्षीय भगवती थापा गम्भीर घाइते भएकी हुन् ।

    Article inline ad #1
  • गम्भीर घाइते थापाको टाउकोको कपाल सहितको माथिल्लो भाग भुइँमा झरेको स्थानीयले बताएका छन् ।

    Article inline ad #2

    घाइते थापालाई तत्कालै धनगढी स्थित माया मेट्रो अस्पतालमा उपचारका लागि लगिए पनि  अवस्था गम्भीर रहेको भन्दै भारतको लखनउ रिफर गरिएको  इलाका प्रहरी कार्यालय त्रिभुवन बस्तीले जनाएको छ ।

    घाइते थापाको यसै वर्षको हरितालिका तीजको राती २१ वर्षीय छोराको मोटरसाइकल दुर्घटनामा परी पुनर्वास १०  दोंदा पुलमा मृत्यु भएको थियो।

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    1
    +1
    2

    Below Article Content Ad
  • Below Article Ad
  • Leave a Reply

    Your email address will not be published.

    Below Comments Ad
  • Back to top button
    Download Our App From Google PlayStore

    Powered by