Above Article Ad
  • दिल्लीको मालवीय नगरमा रहेको एक रेस्टुरेन्टमा आगलागी हुँदा २१ जनाको मृत्यु

    Above Article Content Ad
  • बुधबार बिहान दिल्लीको मालवीय नगरमा रहेको एक रेस्टुरेन्टमा आगलागी हुँदा २१ जनाको मृत्यु भएको छ।भारतीय अनलाइन दैनिक भास्करका अनुसार मृतकहरूमा मध्य एसिया र अफ्रिकाका नागरिक पनि छन्। यद्यपि अझै मृतक एकिन भइसकेको छैन।

    दिल्ली अग्नि सेवा र स्थानीय बासिन्दाका अनुसार, मालवीय नगरमा रहेको लेमन ग्रिन रेस्टुरेन्टमा बिहान ८:५० बजे आगलागी भएको थियो। आगो रेस्टुरेन्ट माथि रहेको होटल फ्लोरिस स्टेसम्म फैलिएको थियो। छ जनाभन्दा बढीलाई बेसमेन्टबाट पनि बाहिर निकालिएको छ।

    Article inline ad #1
  • सार्वजनिक भिडिओमा केही मानिस आफ्नो ज्यान बचाउन जलिरहेको भवनबाट हाम फालिरहेको देखिन्छ।

    Article inline ad #2

    स्थानीय बासिन्दाले भाग्न मद्दत गर्न भुइँमा गद्दा पनि राखेका छन्। अहिलेसम्म ३७ जनालाई उद्धार गरिएको छ, जसमध्ये धेरै जना गम्भीर अवस्थामा छन्।

    दिल्लीको यो होटलमा कसरी आगलागी भयो भन्ने कुरा अझै अज्ञात छ।

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Leave a Reply

    Below Comments Ad
  • Back to top button
    Advertisement
    Rimal Dental Clinic - Punarbas 6