Above Article Ad
  • कैलालीमा रहेको राणाकालीन भवन आन्दोलनमा ढल्यो

    Above Article Content Ad
  • धनगढी- कैलालीमा रहेको सबैभन्दा पुरानो प्रशासनिक भवन नष्ट भएको छ । जिल्ला प्रशासन कार्यालयमा रहेको सो राणाकालीन ऐतिहासिक भवन नष्ट भएको हो ।

    राणाकालीन समयमा निर्माण गरिएको भवनमा जेनजी आन्दोलनकारीले भदौ २४ गते आगजनी गरेका थिए । आगजनीबाट भवन पूर्ण रूपमा नष्ट भएको छ । यो भवनबाट जिल्ला प्रशासन कार्यालयले आफ्नो सेवा दिँदै आएको थियो । यसअघि प्रशासनले आफ्नो सेवा पूर्ण रूपमा यही ऐतिहासिक भवनबाट दिए पनि नयाँ भवन निर्माणपछि पुरानो भवनबाट राष्ट्रिय परिचयपत्रको काम मात्रै हुने गरेको थियो

    Article inline ad #1
  • आन्दोलनकारीले आगजनी गरेपछि पुरानो भवन ढलेर खरानी भएको छ । जिल्ला प्रशासन कार्यालयपरिसरमा अब यसको भग्नावशेष मात्रै बाँकी छ । आगजनीबाट कैलालीको एउटा सम्पदा नै ध्वस्त भएको टीकाटिप्पणी भइरहेको छ । “यो घर सम्पदा नै थियो, अब खरानी भएको छ,” स्थानीय प्रभाकर भण्डारीले भने । आन्दोलनकारीले कैलालीको एउटा इतिहास जलाएको स्थानीयको गुनासो छ ।

    Article inline ad #2

    राणा शासनका बेला कैलाली र कञ्चनपुरको गोश्वारा (प्रशासनिक केन्द्र) कञ्चनपुरको बेलौरीमा रहेको बताइन्छ । पछि विक्रम संवत् १९९७ मा त्यो गोश्वारा धनगढी सारिएको थियो । त्यसताका धनगढीमा गोश्वारा, अञ्चलाधीशको कार्यालय, कारागार, वन विभाग र मालअड्डा गरी पाँच वटा कार्यालय मात्रै पक्की घरमा रहेको धनगढीको विकासका साक्षी स्वर्गीय शिवदत्त जोशीले लखेको ‘उहिलेको धनगढी’ भन्ने लेखमा उल्लेख छ । त्यसताकाको गोश्वारा नै पछि जिल्ला प्रशासन कार्यालयमा परिणत भएको बताइन्छ ।

    पूर्ण रूपमा नष्ट भएको भवनको अभिलेख नभएका कारण कहिले बनेको हो भन्ने यकिन हुन नसकेको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी शिवराज जोशीले बताए। सो भवन पुनर्निर्माण गर्ने वा के गर्ने भन्ने विषयमा कुनै निर्देशन नआएको उनले बताए। “हामीले यसको अभिलेख खोजिरहेका छौँ,” जोशीले भने।

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Leave a Reply

    Your email address will not be published.

    Below Comments Ad
  • Back to top button
    Download Our App From Google PlayStore

    Powered by