
देउडा कार्यक्रममा विवाद हुँदा बाजुरामा तीन जना घाइते
Above Article Content Ad
बाजुरा-बाजुराको त्रिवेणी नगरपालिका-२ मा आयोजित देउडा कार्यक्रममा दुई पक्षबिच झडप हुँदा ३ जना घाइते भएका छन्।
जिल्ला प्रहरी कार्यालय बाजुराका अनुसार बिहीबार राति भएको झडपमा त्रिवेणी-३ का १८ वर्षीय मनोज साँउद,२२वर्षीय दिनेश साँउद र १६ वर्षीय तपेश साँउद घाइते भएका हुन्।
Article inline ad #1
प्रहरीले दिएको जानकारीअनुसार मनोज साँउदको घाँटी, निधार र दाहिने हातमा चोट लागेको छ भने दिनेश साँउदको घाँटी र बाँया पाखुरामा चोट लागेको छ।त्यस्तै, तपेश साँउदको दाहिने हातको नाडीमा सामान्य चोट पुगेको छ।
Article inline ad #2
उनीहरूलाई आफन्तहरूले उपचारका लागि धनगडी लगेको प्रहरीले जनाएको छ।घटनामा संलग्न त्रिवेणी-५ का २० वर्षीय तेज बुढालाई प्रहरीले नियन्त्रणमा लिएको छ भने अन्य फरार दोषीको खोजी भइरहेको प्रहरीले जनाएको छ।
फेसबुक प्रतिक्रियाहरु
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1
+1
Below Article Content Ad
https://shorturl.fm/Sdd0C
https://shorturl.fm/SLC5A