Above Article Ad
  • शिवरात्रि मनाउन पुनर्बास-११ को शिव मन्दिरमा तयारी तीव्र

    Above Article Content Ad
  • पुनर्बास – कंचनपुर को दक्षिणी भेग पुनर्बास ११ मा रहेको शिब मन्दिरमा सरसफाइ गरिदै छ ।

    महाशिवरात्रि नजिकिँदै गर्दा पुनर्बास नगरपालिका–११ स्थित शिव मन्दिरमा विशेष तयारी तीव्र पारिएको छ।

    Article inline ad #1
  • धार्मिक आस्था र भक्ति भावका साथ मनाइने यस पर्वका लागि मन्दिर व्यवस्थापन समितिले विविध तयारी गरिरहेको छ। मन्दिर परिसर सफाइ, रङ रोगन तथा दर्शनार्थीहरूको व्यवस्थापनका उपायहरूलाई प्राथमिकता दिइएको छ।

    Article inline ad #2

    पछिल्लो समय धार्मिक कृयाकलापमा सहभागिता कम देखिँदै गईरहेकाले धार्मिक कार्य  आम बासी धार्मिक क्रियाकलापमा तन मन दिएर सहभागी भई धार्मिक तथा सांस्कृतिक महत्त्व बोकेको यस पर्वलाई भव्य बनाउन सबै पक्ष जुटिदिए अझ झन सकारात्मक प्रभाव पर्ने  समितिका अध्यक्ष अमृत बानियाले जानकारी दिए।

    शिवरात्रिका दिन बिहानैदेखि पूजा, अभिषेक,  भजन–कीर्तन तथा धार्मिक प्रवचनको कार्यक्रम तय गरिएको छ। साथै, रातभर जागरण कार्यक्रम पनि सञ्चालन गरिनेछ। भक्तजनहरूलाई प्रसाद वितरणको व्यवस्था मिलाइएको छ । यस वर्ष भक्तजनको उल्लेखनीय उपस्थिति हुने अनुमान गरिएको छ। स्थानीय बासिन्दा तथा वरपरका क्षेत्रबाट शिवभक्तहरू उपस्थित हुने हुँदा मन्दिर क्षेत्रमा चहलपहल बढेको छ।

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Leave a Reply

    Below Comments Ad
  • Back to top button
    Advertisement
    Rimal Dental Clinic - Punarbas 6