
जनयुद्ध दिवसको अवसरमा सुदूरपश्चिमका दार्चुलाको नौगाड र अछामको रामारोशनरमा बिदा
Above Article Content Ad
धनगढीः जनयुद्ध दिवसको अवसरमा सुदूरपश्चिमका २ पालिकाले बिदा दिएका छन्। फागुन १ गते जनयुद्ध सुरु भएको दिनको अवसरमा नेकपा माओवादी केन्द्रले मनाउँदै आएको जनयुद्ध दिवसको अवसरमा दार्चुलाको नौगाड गाउँपालिका र अछामको रामारोशन गाउँपालिकाले स्थानीय बिदा दिएका हुन।
Article inline ad #1
यस्तै रामारोशन गाउँपालिकाले पनि एक सूचना जारी गर्दै फागुन १ गते जनयुद्ध सुरु गरिएको दिन भएकाले स्थानीय बिदा दिएको जनाएको छ। गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत दीपक खनालद्वारा जारी सूचनामा माघ २७ गते बसेको बैठकबाट बिदा दिने निर्णय भएको उल्लेख छ। सूचनामा फागुन १ गते गाउँपालिकाको वडा नम्बर ३ को मुजाबगरमा सहिद परिवार सम्मान तथा वृहत् सांस्कृतिक कार्यक्रम आयोजना गरिने जनाइएको छ।
माओवादीले २०५२ फागुन १ गतेदेखि सशस्त्र युद्ध सुरु गरेको थियो। युद्धका क्रममा राज्य र माओवादी पक्षबाट हजारौँको मृत्यु र घाइते भए। केही अझै बेपत्ता छन्। सोही जनयुद्धकै जगमा गणतन्त्र स्थापित भएको माओवादीको दाबी छ। सोही दिनको सम्झनामा यसअघि सरकारले देशभर सार्वजनिक बिदा दिएर पहिलो पटक २०७९ सालमा जनयुद्ध दिवस मनाएको भए पनि सर्वोच्च अदालतले बिदा खारेज गरेको छ। बिदा खारेज गरिएको भए पनि सुदूरपश्चिमका दुई पालिका सहित देशभरका केही पालिकाले आज बिदा दिएका छन्।
Article inline ad #2
फेसबुक प्रतिक्रियाहरु
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1
+1
Below Article Content Ad


























