Above Article Ad
  • नेपाल–भारत वीरगञ्ज सीमामा उच्च सुरक्षा सतर्कता, लागुऔषधसहित दुई जना पक्राउ

    Above Article Content Ad
  • वीरगञ्ज – नेपाल–भारत सीमा जोडिएको वीरगञ्जमा बडादसैँ सुरु भएसँगै उच्च सुरक्षा सतर्कता अपनाइएको छ । दसैँ, तिहार र छठ पर्वलाई लक्षित गर्दै पर्सा प्रहरीले विशेष सुरक्षा योजना अन्तर्गत वीरगञ्ज–रक्सौलसहित आसपासका सीमा नाकाहरूमा सुरक्षा व्यवस्था चुस्त बनाएको छ ।

    यस विशेष योजनाअन्तर्गत, सीमा क्षेत्रमा सुरक्षाकर्मीसँगै तालिम प्राप्त कुकुर समेत परिचालन गरिएको छ । पर्सा प्रहरी प्रमुख सुदीपराज पाठकले भारतीय सीमासँग जोडिएका नाका र अन्य संवेदनशील ठाउँहरूमा ‘डग स्निफिङ’ (कुकुरमार्फत सुँघाएर जाँच गर्ने) सहितको टोली खटाइएको जानकारी दिएका छन् ।

    Article inline ad #1
  • अवैध गतिविधि रोकथाम प्रमुख लक्ष्य

    Article inline ad #2

    घटस्थापनादेखि छठ पर्वसम्मका लागि पर्साका सीमा नाकाहरूमा आवश्यकताअनुसार प्रहरीसँगै कुकुरसहितको टोली खटाइएको छ । पर्वको बेला हुने अत्यधिक मानवीय भीडभाडको फाइदा उठाएर हुन सक्ने अवैध गतिविधिहरूको रोकथाम गर्न यो कदम चालिएको प्रहरीले जनाएको छ ।

    खासगरी सीमावर्ती क्षेत्रबाट हुन सक्ने लागुऔषध ओसारपसार, विस्फोटक पदार्थ तथा हातहतियारसहितका अन्य आपराधिक गतिविधिहरू नियन्त्रण गर्न तालिम प्राप्त कुकुरहरू परिचालन गरिएको प्रहरी प्रमुख पाठकले बताए । चाँडपर्वको बेला छिमेकी मुलुकबाट हातहतियार, विस्फोटक पदार्थ, लागुऔषध तथा अवैध वस्तु भित्रिन सक्ने जोखिमलाई निस्तेज पार्न जाँचलाई कडा बनाइएको उनको भनाइ छ ।

    ‘डग स्निफिङ’ को मद्दतले लागुऔषध फेला 

    सुरक्षा योजना अन्तर्गत खटिएको तालिम प्राप्त कुकुरको सहयोगमा हालै लागुऔषधसहित दुई जना पक्राउ परेका छन् । भारतबाट लुकाइछिपाइ ल्याउँदै गरेको २ ग्रामभन्दा बढी ब्राउनसुगरसहित सोमबार राति उनीहरूलाई पक्राउ गर्न प्रहरी सफल भएको हो ।

    dog1 (1)

    पक्राउ पर्नेहरूमा झापाका घर भई हाल चितवनको रत्ननगर नगरपालिका वडा नं ८ बस्ने कैलाश कार्की र वीरगञ्ज महानगरपालिका वडा नं। १० निवासी राहुल सर्राफ रहेका छन् । पक्राउ परेका दुवैजनालाई बरामद लागुऔषधसहित थप अनुसन्धान र कानुनी कारबाहीका लागि जिल्ला प्रहरी कार्यालयमा राखिएको छ ।

    सीमामा ‘डग स्निफिङ’ किन ? 

    अपराधिक मनोवृत्तिका मानिसहरूले अवैध गतिविधि सञ्चालन गर्न निरन्तर नयाँ तरिकाहरू अपनाइरहेका हुन्छन्, जसलाई परम्परागत जाँच विधिले मात्र नियन्त्रण गर्न पर्याप्त हुँदैन ।

    प्रहरी प्रमुख पाठकका अनुसार, तालिम प्राप्त कुकुरहरूले प्राविधिक उपकरणले समेत पत्ता लगाउन नसक्ने वा गाह्रो हुने गरी लुकाइएका लागुऔषध, विस्फोटक पदार्थ, हतियार वा अन्य प्रतिबन्धित सामग्रीहरूलाई आफ्नो गन्धको माध्यमबाट सजिलै र सटीक पहिचान गर्न सक्छन् ।

    यसका अतिरिक्त, तालिम प्राप्त कुकुर देख्दा नै अवैध सामान बोक्नेहरू डराउने र सचेत हुने अवस्था सिर्जना भई अपराध रोकथाममा सहयोग पुग्दछ । सीमा नाका जस्तो संवेदनशील क्षेत्रमा ‘डग स्निफिङ’ टोली परिचालन गरिनुको मुख्य कारण यही रहेको पर्सा प्रहरीले जनाएको छ ।

    साभार रातोपाटी

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Leave a Reply

    Your email address will not be published.

    Below Comments Ad
  • छुटाउनुभयो कि?
    Close
    Back to top button
    Download Our App From Google PlayStore

    Powered by