Above Article Ad
  • जेनजी आन्दोलनमा सुदूरपश्चिमका दुई प्रहरीको हत्यामा संलग्न २ जना पक्राउ

    Above Article Content Ad
  • काठमाडौं– जेनजी आन्दोलनको क्रममा महाराजगञ्ज वृत्तका प्रहरीको हत्या गरेको आरोपमा अर्का एक व्यक्तिलाई पक्राउ गरिएको छ।

    काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले मंगलबार सिन्धुपाल्चोक घर भएका ओम पौडेललाई पक्राउ गरेको हो। यसअघि काभ्रे घर भएका युवराज क्याप्छा पक्राउ परेका थिए।

    Article inline ad #1
  • योसँगै महाराजगञ्ज प्रहरी हत्या प्रकरणमा पक्राउ पर्नेको संख्या दुई पुगेको छ। उनीहरूविरुद्ध कर्तव्य ज्यान कसुरमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

    Article inline ad #2

    प्रहरीका अनुसार आन्दोलनका क्रममा महाराजगञ्ज वृत्तका प्रहरीलाई कुटपिट गरिएको भिडियो सार्वजनिक भएको थियो। सोही भिडियोका आधारमा पौडेल र क्याप्छालाई पक्राउ गरिएको हो।

    गत भदौ २४ गतेको आन्दोलनमा महाराजगञ्ज वृत्तका असई मिलन राय (सिन्धुली) र प्रहरी जवान उत्तम थापा (सुदूरपश्चिम, दार्चुला) मारिएका थिए। जवान थापालाई ‘तँ डीएसपी’ भन्दै लट्ठी प्रहार गरी हत्या गरिएको दृश्य भिडियोमा देखिन्छ।

    यस्तै सोही दिन प्रहरी प्रभाग कोटेश्वरमा कार्यरत सहायक हवल्दार अमृत गुरुङ (कास्की) पनि आन्दोलनकै क्रममा मारिएका थिए।

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Leave a Reply

    Below Comments Ad
  • Back to top button
    Advertisement
    Rimal Dental Clinic - Punarbas 6