Above Article Ad
  • बेलौरी नगरपालिकामा युवाहरुको विरोध कार्यक्रमले सेवा प्रभावित भन्दै कर्मचारी निस्किए

    Above Article Content Ad
  • बेलौरी-कञ्चनपुरको बेलौरी नगरपालिकाको कार्यालयमा युवाहरुको असामान्य गतिविधिका कारण नियमित सेवा प्रवाह प्रभावित भएको कर्मचारीहरुले गुनासो गरेका छन्।

    नगरपालिका कर्मचारी परिवारले आज एक विज्ञप्ति जारी गर्दै गत भदौ २३ र २४ गते देशमा उत्पन्न विषम परिस्थितिपछि कार्यालयमा निरन्तर जेनजी पुस्ता र समर्थक समूह उपस्थित भएर अवाञ्छित भिडभाड, हुलहुज्जत र कार्यसम्पादनमा बाधा पुगेको जनाएका छन्।

    Article inline ad #1
  • उक्त समूहले कार्यालयमा आएर कर्मचारीलाई कपोलकल्पित आरोप लगाउने, मनोबल घटाउने र काम गर्ने वातावरण बिगार्ने कार्य गर्दै आएको कर्मचारीहरुद्धारा संयुक्त रुपमा जारी विज्ञप्तिमा उल्लेख छ। यस्तो अवस्था निरन्तर जारी रहँदा स्वास्थ्य सेवा बाहेक अन्य सम्पूर्ण सेवामा असर परेको नगरपालिकाले जनाएको छ।

    Article inline ad #2

    नगरपालिकाले सेवा ग्रहण गर्न आउने सम्पूर्ण सेवाग्राही र नगरवासीलाई असुविधाका लागि क्षमायाचना गर्दै समस्या समाधानका लागि आवश्यक पहल भइरहेको जानकारी दिएको छ।

    जेनजी पुस्ताका युवा र त्यहाँका स्थानीयले नगारपालिकामा गएर नगरप्रमुख पोतिलाल चौधरी र प्रमुख प्रशासकीय अधिकृत रमेश बुढाथोकी समक्ष आफ्ना मागहरू राखेका थिए। आफुहरुले नगरपालिकाले गर्दै आएका कामको जवाफदेहीता माग गरेको उनिहरुको जिकिर छ। करारमा कार्यरत कर्मचारीहरुको विवरण माग गर्दै कर्मचारी भर्नामा हुने राजनितिको अन्त्य गर्न आवाज उठाएको तर नगरपालिकाले जवाफ नदिएको उनिहरुको गुनासो छ।

     

    कर्मचारीहरुद्धारा जारी संयुक्त विज्ञप्ति
    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Leave a Reply

    Your email address will not be published.

    Below Comments Ad
  • Back to top button
    Download Our App From Google PlayStore

    Powered by