
संसारमै प्यारी आमा ! ( मुक्तक )
Above Article Content Ad
मुक्तक
आमा भन्ने शब्दै कस्तो सुन्दा मनै ह्रसित हुने ।
घर परिवारको पीडामा नि दुखी भै आमा रुने ।।
तोते तोते बोल्ने बेला तिम्रै साडी समाउथे नि ।
घाँसको भारी माथी राख्थेउ गाडी सम्झी रमाउथे नि ।।
Article inline ad #1
अलि ठुलो भए आमा जिम्मेवारी बढ्दै गयो ।
दुख गरि हुर्कायौ नि हाम्रो जीवन कट्दै गयो ।।
Article inline ad #2
मेरो इच्छा पुर्ती गर्न बाउको पैसा चोर्ने गर्थेउ ।
आफू भोकै हुन्थेउ तर हाम्रो पेट भर्ने गर्थेउ ।।
कहिले कमि गर्दिन नि गल्ती भए देउ है क्षमा ।
सन्सारकै सबै भन्दा असल अनि प्यारी आमा !
अन्योल बासु
पुनर्वास न.पा.–४, हाल युरोप क्रोसिया
फेसबुक प्रतिक्रियाहरु
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1
+1
Below Article Content Ad















