Above Article Ad
  • बुटवलको प्रहरी तालिम केन्द्रमा प्रहरी जवान मृत फेला

    Above Article Content Ad
  • बुटवल – प्रहरी तालिम केन्द्र बुटवलमा एक प्रहरी जवान मृत फेला परेका छन् ।

    Article inline ad #1
  • बुटवल राजमार्ग चौराहास्थित तालिम केन्द्रमा कार्यरत बाँकेको राप्ती सोनारी गाउँपालिका-३ घर भएका २४ वर्षीय श्याम चौधरी गएराति रुखमा झुन्डिएर आत्महत्या गरेको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

    Article inline ad #2

    जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी डीएसपी सुरज कार्कीका अनुसार चौधरी तालिम केन्द्रको उत्तर पूर्वी कुनामा रहेको बहुउद्देश्यीय भवनको पछाडिको भागमा रहेको रुखमा झुन्डिएको अवस्थामा मृत फेला परेका हुन् ।

    शुक्रबार तालिम केन्द्रमै रात्रिकालीन ड्युटी गरेका चौधरी शनिबार बिहान तालिम केन्द्रकै खेल मैदानको छेउमै रहेको रुखमा झुन्डिएको अवस्थामा फेला परेको कार्कीले बताए ।

    मृतक चौधरीका परिवारका सदस्यहरू आएपछि शनिबार अपराह्न लुम्बिनी प्रादेशिक अस्पतालमा पोस्टमर्टम गरी शव परिवारको जिम्मा लगाइएको छ।

    चौधरी २०७९ सालमा प्रहरी सेवामा प्रवेश गरेका थिए।

    बुटवलकै प्रहरी तालिम केन्द्रमै आधारभूत तालिम लिएका चौधरीको तालिम सकिएपछि प्रहरी तालिम केन्द्रमै प्रशिक्षकको रूपमा दरबन्दी कायम भएको थियो।

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Leave a Reply

    Below Comments Ad
  • छुटाउनुभयो कि?
    Close
    Back to top button
    Advertisement
    Rimal Dental Clinic - Punarbas 6