
प्रचण्ड र माधव नेपाल नियमित काममा फर्किए
काठमाडौं –जेनजी प्रदर्शनका क्रममा नेपाली सेनाको नियन्त्रणमा राखिएका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल नियमित काममा फर्किएका छन् ।
प्रचण्डले जलेको केन्द्रीय मुख्यालय पेरिसडाडाँको आज अनुगमन गरेका छन् । माधव नेपालले हिजै केन्द्रीय कार्यालय आलोकनगर सहित ११ ठाउँको अवलोकन गरेका थिए ।उनको सचिवालयका अनुसार पार्टी कार्यालय, आफ्नै घर, कान्तिपुर टेलिभिजन र अरु नेताहरको जलेको घर अवलोकन गरेका छन् । शंकर पोखरेल, प्रेम आले, अग्नि खरेल, झलनाथ खनाल, जीवनराम श्रेष्ठ, सुरेन्द्र पाण्डे, राजेन्द्र पाण्डे र रघुजी पन्तको जलेको घर अध्यक्ष नेपालले अवलोकन गरे ।
स्रोतका अनुसार माधव नेपाललाई सेनाले २५ भदौमै ब्यारेकबाट छोडेको थिए । माधवलाई प्रचण्डसँगै सिंहदरबारस्थित सेनाको ब्यारेकमा राखिएको थियो । विपक्षी दलहरुको बैठकका निम्ति त्यहाँ पुगेका प्रचण्ड र माधवलाई त्यही सेनाको ब्यारेकमा राखिएको थियो ।
‘धेरैले शिवपुरीमा नजरबन्द गरिएको भनेर हल्ला चलाए । कतिपय भैरवनाथ गणमा राखिएको भने’ स्रोतले भन्यो, ‘तर उहाँहरुलाई एक दिन सिंहदरबारमा राखिएको हो। भोलिपल्टदेखि आफन्तको घरमा बस्दै आएनु भएको छ ।’अहिले प्रचण्ड र माधव नेपालले आफन्तको घरमा शरण लिदै आएका छन् । प्रचण्डले हरेक दिन आफू बस्ने डेरा सार्दै आएको माओवादी स्रोतले जनायो ।
https://shorturl.fm/9pkOk