Above Article Ad
  • बडीमालिकामा सेनाको स्वास्थ्य गस्ती, ५ सयभन्दा बढी

    Above Article Content Ad
  • बाजुरा : बडीमालिका मन्दिर दर्शन गर्न पुगेका श्रद्धालुहरूलाई लक्षित गरी नेपाली सेनाले बडीमालिका मेलामा निःशुल्क स्वास्थ्य सेवा प्रदान गरेको छ ।

    ईश्वरीबक्स गुल्म, बाजुराद्वारा सञ्चालित स्वास्थ्य शिविरमा पाँच सयभन्दा बढी भक्तजनहरूले उपचार सेवा पाएका छन् भने तीन जना बिरामीलाई सेनाले उद्धार गरी सुरक्षित रूपमा घर पठाएको जनाएको छ ।

    Article inline ad #1
  •  

    Article inline ad #2

    ईश्वरीबक्स गुल्मका गुल्मपति कृष्ण तिमिल्सिनाका अनुसार त्रिवेणी, बडीमालिका मन्दिर परिसर र अर्को एक स्थानमा गरी तीनवटै ठाउँमा स्वास्थ्य शिविर सञ्चालन गरिएको हो ।

    हरेक वर्ष जनैपूर्णिमाको अघिल्लो दिन, अर्थात् साउन शुक्ल चतुर्दशीका दिन लाग्ने बडीमालिका मेला यस वर्ष साउन २३ गते परेको छ ।

    मन्दिर पुग्न कठिन पहाडी यात्रा तय गर्ने भक्तजनहरूका लागि नेपाली सेनाको यो सेवा अत्यन्त सहयोगी बनेको छ ।

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • प्रतिक्रियाहरु

    Leave a Reply

    Your email address will not be published.

    Below Comments Ad
  • Back to top button
    Download Our App From Google PlayStore

    Powered by