Above Article Ad
  • दोस्रो एपिएस कप सम्पन्न , बागिश्वरी माध्यमिक बिधालयलाई उपाधी

    Above Article Content Ad
  • पुनर्वास- कंचनपुरको पुनर्वास नगरपालिका-८, पृथ्वीबस्ती स्थित अलंकार पब्लिक स्कुलको आयोजनामा सञ्चालित दोस्रो एपिएस कप फुटबल प्रतियोगिता सम्पन्न भएको छ ।

    मंगलबार सम्पन्न दोस्रो एपिएस कपको विजेताको उपाधी बागिश्वरी माध्यमिक बिधालयले प्राप्त गरेको थियो । भने उपविजेताको उपाधी ब्राईट बिचफाटा ईङ्गलिश बोर्डिङ स्कुलले प्राप्त गरेको हो ।

    Article inline ad #1
  • प्रतियोगिताको समापनमा बिधालयका पि.टि.ए. अध्यक्ष बुद्धि बहादुर कटुवालको सभाध्यक्ष तथा सुदुरपश्चिम प्याब्सनका सल्लाहकार सदस्य राजेन्द्रप्रसाद अधिकारीको प्रमुख आतिथ्य रहेको थियो । त्यस्तै
    बिशिष्ट अतिथीमा सुदुरपश्चिम प्याब्सनका सचिव लाल प्रसाद घिमिरे, अतिथीमा विभिन्न व्यक्तित्वहरु आसिन थिए ।

    Article inline ad #2

    विजेता बागिश्वरी माध्यमिक बिधालयलाई पुरुस्कार १५ हजार १ सय ५५ रुपैयाँ नगद,सानदार ट्रफी ,प्रमाणपत्र र मेडल दिईएको थियो । त्यसैगरी उपविजेता ब्राइट बिचफाटा ईङ्गलिश स्कुलले ७ हजार १ सय ५५ नगद सानदार ट्रफी ,प्रमाणपत्र र मेडलमा चित्त बुझाएको हो ।

    प्रतियोगितामा उत्कृष्ट गोल रक्षक ,उदयमान खेलाडी,सर्वाधिक गोल कर्ता , म्यान अफ दि टुर्नामेण्ट खेलाडिलाई सानदार ट्रफि सहित प्रमाणपत्र र बिधालयको खेललाई खेल मैदान उपलब्ध गराए बापत बागिश्वरी बिधालयलाई सम्मान पत्र ,खेलमा महत्वपूर्ण सहयोग पुर्‍याउने एम्पाएर ३ जना र २ जना लाइन्स मेनहरुलाई नगद सहित सम्मान पत्रबाट सम्मानित
    गरिएको खेल संयोजक शिक्षक लक्ष्मण ओझाले जानकारी दिए ।

    बिधालयका भाइस प्रीन्सिपल बल बहादुर बिकको स्वागत मन्तव्यसंगै सुरु भएको समापन कार्यक्रमको सञ्चालन प्रीन्सिपल पुष्पराज ओझाले गरेका थिए ।

    बागिश्वरी माध्यमिक बिधालयको खेलमैदानमा सञ्चालित आधारभुत तह स्तरीय सो प्रतियोगितामा बेलौरी-पुनर्वासका २५ ओटा सामुदायिक तथा संस्थागत बिधालयको सहभागीता रहेको थियो ।

    त्यस्तै, आगामी तेस्रो एपिएस कपको प्रथप पुरस्कार २० हजार १ सय ५५ रुपैयाँ र द्वितीय पुरस्कार १२ हजार १ सय ५५ रुपैयाँ रहने बिधालयका प्रीन्सिपल ओझाले जानकारी दिए ।

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    1
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Below Comments Ad
  • Back to top button