Above Article Ad
  • पुनर्वासमा मोटरसाइकल र अटो ठोकिदा एक जनाको मृत्यु

    Above Article Content Ad
  • पुनर्वास – पुनर्वासमा मोटरसाइकल र अटो ठोकिदा एक जनाको मृत्यु भएको छ|

    कञ्चनपुरको पुनर्वास नगरपालिका–१अंशुवर्मास्थित हुलाकी राजमार्गमा दुर्घटना भएको हो।

    Article inline ad #1
  • पूर्वबाट पश्चिम तर्फ जाँदै गरेको सुदूरपश्चिम प्रदेश ०१–०११ प ३४३२ नम्बरको मोटरसाइकल पश्चिमबाट पूर्व आउदै गरेको सुदूरपश्चिम प्रदेश ०१–००१ ह ४६०४ नम्बरको पेट्रोलियम अटोसँग ठोकिएको हो। कञ्चनपुरको पुनर्वास नगरपालिका–२ मोतिबस्तीका ५० वर्षीय अटो चालक दान सिंह गम्भीर घाइते भएका थिए। उनलाई उपचारका लागि माया मेट्रो अस्पताल,धनगढी ल्याएकोमा चिकित्सकले मृत घोषणा गरेका छन।

    Article inline ad #2

    प्रहरीका अनुसार मोटरसाइकल चालक ‘घ’ गाउँका २७ वर्षीय महेन्द्र शाही, मोटरसाइकलमा सवार २९ वर्षीय कालु शाही र अटोमा सवार २८ वर्षीय गोविन्द सिंह घाइते भएका छन्। महेन्द्र र गोविन्दको माया मेट्रो अस्पतालमा उपचार हुँदैछ। कालुको स्थानीय पोलिक्लिनिकमा उपचार जारी रहेको प्रहरीले बताएको छ।

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Leave a Reply

    Your email address will not be published.

    Below Comments Ad
  • Back to top button
    Download Our App From Google PlayStore

    Powered by