Above Article Ad
  • कञ्चनपुरमा नक्कली नोटसहित पाँच जना पक्राउ

    Above Article Content Ad
  • धनगढी- कञ्चनपुरमा एक सय ४७ वटा नक्कली नोटसहित पाँच जना पक्राउ परेका छन्।

    जिल्ला प्रहरी कार्यालय, कञ्चनपुरले शुक्रवार राति भारतीय नम्बर प्लेटको गाडीमा नक्कली नोटहरु फेला पारेको हो।

    Article inline ad #1
  • जिल्ला प्रहरी कार्यालय, कञ्चनपुरले युपी १४ बिएच २०७३ नम्बरको गाडीमा चेकजाँच गर्दा पाँच सयका एक सय ४७ भारतीय नोटहरू फेला पारेको बताएको छ। इलाका प्रहरी कार्यालय, झलारीको टोलीले शुक्लाफाँटा नगरपालिका–३ जोनपुरमा रहेको नेपाली सेनाको श्री रणसिंह सुरक्षा गण पोेष्टबाट भारतीय नम्बर प्लेटको गाडी चेकजाँच गर्दा नक्कली नोट फोला पारेको हो। भारतीय तीन नागरिकसहित पाँच जना र एक लाख १७ हजार छ सय नेपाली रुपैयाँ र भारतीय नम्बर प्लेटको गाडी प्रहरीले नियन्त्रणमा लिएको हो।

    Article inline ad #2

    कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१ वन्साहका ३२ वर्षीय गौगातबहादुर सिंह, सोही ठाउँका २४ वर्षीय चन्द्र बोहरा, भारतको बरेली तेसिलमिगञ्ज ग्रामका २५ वर्षीय कुलदिप चतुर्बेदी, भारत बरेली फटितेगञ्जका २० वर्षीय अमित यादव र भारतको बरेली उदमसिंहनगर उत्तरखण्डका २४ वर्षीय हिंमासु शर्मा पक्राउ परेका हुन्।

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Leave a Reply

    Your email address will not be published.

    Below Comments Ad
  • Back to top button
    Download Our App From Google PlayStore

    Powered by