
पुनर्वासमा स्वतन्त्र युवा समाजद्वारा आयोजित हाजीरी जवाफमा अलंकार पब्लिकले पायो उपाधी
पुुनर्वास–कञ्चनपुरको पुनर्वास नगरपालिका–८ मा ३०३ औं पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस मनाईको छ ।
शनिबार प्रगतीबजारको मुख्य चोकमा स्वतन्त्र युवा समाजद्वारा आयोजनामा शैक्षिक गतिविधि र दिप प्रज्वलन गरी भव्यताका साथ मनाईको हो ।
राष्ट्र निर्माता बडा महाराजधिराज पृथ्वीनारायण शाहको ३०३ औं पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसमा परासन गाविस अन्तर्गतका बिद्यालयहरुको मार्चपास र हाजिरी जवाफ प्रतियोगिता आयोजना गरिएको थियो ।
उक्त प्रतियोगितामा अलंकार पब्लिक स्कुलले हाजिरी जवाफमा प्रथम स्थान प्राप्त गर्न सफल भएको थियो । त्यस्तै,द्धित्तिय स्थान प्रिति गार्डेन स्कुल र तृतिय स्थान समशिक्षा ईन्टरनेशनल स्कुलले प्राप्त गरेको थियो ।
त्यसैगरी मार्चपास तर्फ समशिक्षा ईन्टरनेशनल स्कुल प्रथम,अलंकार पब्लिक स्कुल द्धित्तिय र बागिश्वरी माध्यामिक बिद्यालय तृत्तिय स्थान ल्याउन सफल भएको आयोजकका सचिव सुरेश सिँह ठकुरीले जानकारी दिनुभएकोे छ ।
अनन्त श्री १००८ स्वामी गोविन्दाचार्य महाराजको संरक्षणमा सञ्चालित कार्यक्रमको सभाध्यक्षतामा बलराम केसी तथा प्रमुख अतिथीमा कार्यवाहक वडाध्यक्ष दिपेश मल्लले रहनुभएको थियो । बिशिष्ट अतिथीमा कार्यपालिका सदस्य बल बहादुर बिक,बागिश्वरी माध्यमिक बिद्यालयका प्रधानाध्यापक दिल्ली प्रसाद शर्मा हुनुहुन्थयो । भने अतिथीहरुमा विभिन्न बिद्यालयको प्र.अ,समाजसेबी,बुद्धिजीवि, बिद्यार्थी लगायत स्थानीयहरुको समेत उपस्थित रहेको थियो ।
कार्यक्रममा ६५ बर्ष उमेर पुगेका जेष्ठ नागरिकलाहरुलार्ई सम्मान गरिएको कार्यक्रमको संचालन सुरेश सिह ठकुरी र हाजिरी जवाफ प्रतियोगिताको संचालन लक्ष्मण ओझाले गर्नु भएको थियो ।