
कैलाली कारागारमा कैदीबन्दीबीच कुटाकुट
Above Article Content Ad
धनगढी – कैलाली कारागारमा कुटाकुट भएको छ । कारागारभित्र कैदीबन्दी बीच कुटाकुट भएको हो।
कारागार ए र बी ब्लकमा रहेका कैदीबन्दीबीच कुटाकुट भएको बताइएको छ। कैदीबन्दी बीच कुटाकुट भएपछि अहिले कैलाली प्रहरी प्रमुख एसपी बाल नरसिंह राणा र डीएसपी राजकुमार सिंह पनि कारागार पुगेका छन् । केही समयअघि कारागारका कैदीबन्दी सरुवाको विरोधमा उत्रिएका थिए। उनीहरूले जेलर विरुद्ध नाराबाजी गरेका थिए।
Article inline ad #1
कैलाली कारागारका प्रमुख बसन्त खत्री स्वास्थ्य समस्याका कारण विदा लिई काठमाण्डौंमा उपचार गराउदै आएको उनले बताएका छन् । कैलाली कारागारमा पछिल्लो समय दुइ समुहको विचमा घट्नाहरु हुदै आएको बताईएको छ ।
जिल्लामा ग्याङ वार चलाइरहेका केही व्यक्ति कारागार चलान भएपछि कारागारमा पनि लफडा हुँदै आएको छ ।
Article inline ad #2
फेसबुक प्रतिक्रियाहरु
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1
+1
Below Article Content Ad















