धनगढी – कैलालीको गोदावरी नगरपालिकामा एकीकृत फोहोरमैला व्यवस्थापन केन्द्र सञ्चालनमा आएको छ।
फोहोरमैला व्यवस्थापन केन्द्रमार्फत नगरभित्र रोजगारी सिर्जना भएको बताउँदै स्थानीयलाई यस परियोजनाबाट प्रत्यक्ष लाभ पुगेको बताएका छन्। नगरवासीहरूलाई आफ्नै घरबाट कुहिने र नकुहिने फोहोर छुट्याएर दिन नगरपालिकाले आग्रह गरेको छ। कसैले फोहोर जथाभाबी फाल्ने गरेमा नगरले जरिबाना समेत तिराउने कानुनी व्यवस्था गरिएको छ। नगर प्रमुख भट्टले सबैलाई फोहोर व्यवस्थापनमा सहयोग गर्न आग्रह गर्दै भने, सफा, हरित र समुन्नत नगर निर्माण नगर बासीको सामूहिक दायित्व हो।’
केन्द्रको गत जेठ २२ गते नेपाल सरकारका उप–प्रधानमन्त्री एवं सहरी विकास मन्त्री प्रकाश मान सिंहले समुद्घाटन गरेका थिए।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?