Above Article Ad
  • स्वास्थ्य बिमा प्रभावकारी ढङ्गले सञ्चालन गरिनुपर्ने सांसद तामाङको माग

    Above Article Content Ad
  • पुनर्वास । कञ्चनपुर क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद तारालामा तामाङले स्वास्थ्य बिमा प्रभावकारी ढङ्गले सञ्चालन गरिनुपर्ने बताएका छन् ।

    बुधबार प्रतिनिधि सभामा बोल्दै सांसद तामाङले सरकार भएको प्रत्याभूति हुने गरी नागरिकले स्वास्थ्य सुविधा पाउनु पर्ने बताएका छन् । पैसाको अभावले नागरिकले स्वास्थ्य समस्याबाट ज्यान जानुपर्ने अवस्थाको अन्त्य हुनु पर्नेमा सांसद तामाङले जोड दिए ।

    Article inline ad #1
  • ‘नेपाली जनताले व्यवस्थित तरिकाले स्वास्थ्य बिमा बनाउनु पर्छ, पैसाको अभावको कारणले कोही पनि नागरिकले ज्यान गुमाउनुपर्ने अवस्थाको अन्त्य गरिनु पर्छ’ उनले भने, ‘स्वास्थ्य बिमा सबै नागरिकले सुलभ रूपमा पाउनु पर्नेमा जोड दिन आग्रह गर्छु ।’

    Article inline ad #2

    तर, खुला सिमानाका कारण अखाद्य वस्तुको आयात अत्यधिक हुने गरेकाले यसको रोकथाम गरिनुपर्ने सांसद तामाङले माग गरेका छन् ।

    बोइलर कुखुरा लगायत अखाद्य वस्तुहरू नाका भएर भित्र्याईने गरेको र जसले नेपालीको स्वास्थ्यमा प्रतिकुल असर गरिरहेको उनले बताए । यस्तो अवस्थामा स्वास्थ्य बिमा पूर्ण रुपमा पालना गर्नु पर्ने र नाकामा समेत कडाइ गरिनु पर्ने सांसद तामाङले माग गरे ।

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Leave a Reply

    Below Comments Ad
  • छुटाउनुभयो कि?
    Close
    Back to top button
    Advertisement
    Rimal Dental Clinic - Punarbas 6