Above Article Ad
  • पुनर्वासको अलङ्कार पब्लिक स्कुलद्वारा विद्यार्थी र शिक्षक कर्मचारीहरूको सुरक्षा बीमा

    Above Article Content Ad
  • पुनर्वास– कञ्चनपुरको पुनर्वास नगरपालिका–८, पृथ्वीबस्ती स्थित श्री अलङ्कार पब्लिक स्कुलले विद्यार्थी तथा कर्मचारीहरूको सुरक्षा सुनिश्चित गर्ने उद्देश्यले दुर्घटना बीमा कार्यक्रम लागू गरेको छ।

    विद्यालयले अध्ययनरत विद्यार्थी र कार्यरत कर्मचारी गरी कुल ५ सय १ जनालाई सलीको इन्स्योरेन्स कम्पनी अत्तरिया शाखामार्फत दुर्घटना बीमा सेवामा आबद्ध गरेको हो।

    Article inline ad #1
  • विद्यालयका प्रिन्सिपल पुष्पराज ओझाले विद्यार्थी तथा कर्मचारीहरूलाई आकस्मिक दुर्घटनाबाट हुन सक्ने आर्थिक जोखिम न्यूनीकरण गर्दै सुरक्षाको प्रत्याभूति दिलाउने उद्देश्यले बीमा सेवा छनोट गरिएको जानकारी दिनुभयो।

    Article inline ad #2

    विद्यालय प्रशासनका अनुसार पछिल्लो समय शैक्षिक संस्थाहरूमा विद्यार्थी सुरक्षाको विषयलाई विशेष प्राथमिकताका साथ हेरिन थालेको छ। सोही सोचलाई आत्मसात गर्दै अलङ्कार पब्लिकले बीमा कार्यक्रमलाई संस्थागत रूपमा लागू गरेको हो। यस कदमले विद्यार्थी, अभिभावक तथा विद्यालय परिवारमा थप सुरक्षा र विश्वासको वातावरण सिर्जना गर्ने अपेक्षा गरिएको छ।

    प्रिन्सिपल ओझाले गुणस्तरीय शिक्षासँगै विद्यार्थीहरूको सर्वाङ्गीण विकास र सुरक्षालाई विद्यालयले सदैव प्राथमिकतामा राख्दै आएको बताउँदै यस्ता सामाजिक सुरक्षा तथा संरक्षणका कार्यक्रम आगामी दिनमा पनि निरन्तर सञ्चालन गरिने उल्लेख गर्नुभयो।

    त्यसैगरी, सलीको इन्स्योरेन्स कम्पनी अत्तरिया शाखाका प्रमुख प्रकाश भट्टले शाखा प्रमुखले अलङ्कार पब्लिक स्कुलले विद्यार्थी तथा कर्मचारीको सुरक्षालाई केन्द्रमा राखेर बीमा सेवामा आबद्ध हुने निर्णय गरेकोमा प्रशंसा व्यक्त गर्नुभयो।

    उहाँले बीमा केवल आर्थिक सुरक्षा प्रदान गर्ने माध्यम मात्र नभई भविष्यप्रतिको जिम्मेवारीबोध र सचेतनाको महत्वपूर्ण आधार भएको बताउनुभयो।
    भट्टका अनुसार कम्पनीले शिक्षा क्षेत्रसँग सहकार्य गर्दै विद्यार्थी तथा शैक्षिक संस्थाहरूका लागि विभिन्न प्रकारका सुरक्षा तथा बीमा योजनाहरू सञ्चालन गर्दै आएको छ।

    विद्यालयले केही समय अगाडिदेखि दुर्घटना बीमा लागू गरी केही विद्यार्थी तथा कर्मचारीहरूको दुर्घटना वापतको रकम दाबी भुक्तानी समेत गरिसकेको छ ।

    विद्यार्थीको सुरक्षा, अभिभावकको विश्वास र संस्थागत जिम्मेवारीलाई सुदृढ बनाउने लक्ष्यसहित अलङ्कार पब्लिक स्कुलले थालेको यो पहललाई स्थानीयहरुले निकै प्रशंसा गर्न थालेका छन् ।

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Leave a Reply

    Below Comments Ad
  • Back to top button
    Advertisement
    Rimal Dental Clinic - Punarbas 6