Above Article Ad
  • पूर्वी नवलपरासीको गैंडाकोट बगैंचा एडभेन्चर रिसोर्टमा आगलागी

    Above Article Content Ad
  • चितवन – पूर्वी नवलपरासीको गैंडाकोट नगरपालिका वडा नं. ११ मा रहेको बगैंचा एडभेन्चर रिसोर्टमा आज बिहान आगलागी भएको छ । पाँच सय जना अट्ने रिसोर्टको मुख्य हल तथा रिसेप्सनमा आगो लागेको हो । आगलागीबाट मुख्य भवन जलेर क्षति भएको छ ।

    काठैकाठबाट बनेको रिसोर्टमा विद्युत सट भएर आगो सल्किएको हुनसक्ने अनुमान छ । आगो लागेपछि कावासोती नगरपालिका र भरतपुर महानगरबाट खटिएका दमकल, प्रहरी र स्थानीयवासीहरूको  सहयोगमा आगो नियन्त्रणमा लिइएको छ । क्षतिको एकिन विवरण संकलनको काम हुँदैछ ।

    Article inline ad #1
  • ‘र्‍याम्ड अर्थ’ प्रविधि प्रयोग गरी निर्माण गरिएको रिसोर्टका सञ्चालक सन्तोष धिताल हुन् । विदेशबाट फर्किएर आएका धितालले ९ वर्ष लगाएर निर्माण गरेको आकर्षक रिसोर्ट डेढ वर्ष अगाडि मात्रै सञ्चालनमा आएको थियो ।

    Article inline ad #2

    टायल वा मार्बलको प्रयोग नगरी निर्माण गरिएको रिसोर्टमा काठैकाठका भिल्लाहरु छन् । रिसोर्टमा काठबाट बनेका काईट हाउस, कार्ट हाउसहरु छन्

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Leave a Reply

    Below Comments Ad
  • Back to top button
    Advertisement
    Rimal Dental Clinic - Punarbas 6