Above Article Ad
  • बझाङका गर्भवती र सुत्केरी महिला आयोडिन नुनबाट वञ्चित

    Above Article Content Ad
  • बझाङ -बझाङका ग्रामीण भेगका दुई दर्जनभन्दा बढी गाउँका गर्भवती र सुत्केरी महिला आयोडिनयुक्त नुन खानबाट वञ्चित भएका छन्।  सरकारले आयोडिन नुनको वितरण डिपो केन्द्र सदरमुकाम चैनपुरमा मात्र सीमित राखेकाले विकट ग्रामीण भेग वथि, लौने, कालौनि, मजि, गग्वलेक, चिठा, भामचौर, बडिजियान, चुहावनलगायत जिल्लाका दुई दर्जनभन्दा बढी विकट गाउँका गर्भवती र सुत्केरी महिला आयोडिनयुक्त नुन खानबाट वञ्चित छन्।

    बुंगल नगरपालिका(२ लौनेकी किउजली धामी उमेरले २५ वर्षकी भइन्। उनका एक छोरा छन्। आयोडिन नुन खान न त परै जाओस्, देख्न समेत आफूले नपाएको दुखेसो उनको छ।  उनले भनिन्, ‘स्वास्थ्यकर्मीले घरमै आएर गर्भवती र सुत्केरी भएको समयमा अनिवार्य दुई बालबालिका चिह्न भएको आयोडिनयुक्त नुन खानुपर्छ भन्छन्, आफूले खान पाएको छैन। जहिले पनि ढिके नुन खाने गरेको छु। नुन कहाँ पाइन्छ, आफूलाई थाहा नै छैन। सदरमुकाम चैनपुर जान दुई दिन लाग्छ, नजिक पाइँदैन। गाउँका मजस्तै गर्भवती र सुत्केरी महिलाको पीडा यही हो।’

    Article inline ad #1
  • ‘ठाउँ विकट भएजस्तै राज्यले पनि सौतेलो व्यवहार गरेको छ। पहुँचवालाले आयोडिन नुन पाउने गरेका छन्। हाम्रो पहुँच पुग्दैन। सदरमुकाम चैनपुर गएर दिनभर लाइनमा बसेर साँझ ५ पाकेट नुन माचित बुझाउनुपर्छ। हाम्रो मर्म कसैले बुझ्दैन। केही नचलेपछि ढिके नुन खानुपरेको छ’ स्थानीय र्हक धामी भन्छन्। उनले थप भने, ‘राज्यले हामीलाई आयोडिनयुक्त नुन त खान दिएको छैन। अरू बिजुली, सडक र विद्यालय पाउने आसै छैन।’

    Article inline ad #2

    ‘विवाह गरेर यो घरमा आएको ११ वर्ष भयो, आयोडिन नुन खान पाएको छैन। सुरुका दिन अप्ठ्यारो हुन्थ्यो, ढिके नुन खान। अहिले त बानी परिसक्यो,’ कल्पना धामीले सुनाइन्। ‘हामीले प्रदेश सरकार तथा जिल्ला प्रशासन कार्यालयमा लिखित र मौखिक रूपमा जिल्लाको बुंगल नगरपालिकामा आयोडिनयुक्त अनुदानको कोटाको नुनको डिपो राख्नुपर्छ भनेर माग राखे पनि सुनुवाइ नभएको’ बुंगल नगरपालिका–२ का वडा अध्यक्ष बिरा धामीले बताए।

    उनले भने, ‘सदरमुकाम चैनपुरमा पहुँच हुनेले मात्र सरकारी कोटाको आयोडिन नुन खान पाएका छन्, नत्र ९ रुपैयाँ पर्ने एक पाकेट नुनको २५ रुपैयाँमा बजारका पसलहरूबाट किन्नुपर्छ।’  जिल्लाको सदरमुकाम चैनपुरमा मात्र नुनको स्थायी डिपो रहेको छ। बाग्थला, तलकोट र काँडामा अस्थायी वितरण केन्द्र रहेका छन्। ‘व्यवस्थापन राज्यले गर्ने हो, हाम्रो हातमा केही छैन,’ साल्ट ट्रेडिङ कर्पोरेशनका इन्चार्ज नरबहादुर भट्ट बताउँछन्।

    उनले भने, ‘गोदाममा अहिले मौज्दात १ हजार ६ क्विन्टलभन्दा बढी नुन रहेको छ। जिल्लामा प्रत्येक आइतबारको दिन आयोडिन नुन वितरण गरिन्छ। एक केजीको ९ रुपैयाँ मूल्य हो। प्रतिव्यक्ति ११ केजीभन्दा बढी पाइँदैन। बाग्थलामा ९ सय, तलकोटमा १ हजार ३ सय, काँडामा १ हजार ३ कोटा हो। बाग्थलाको वितरण केन्द्रमा २ महिनादेखि नुन छैन।’

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Leave a Reply

    Your email address will not be published.

    Below Comments Ad
  • छुटाउनुभयो कि?
    Close
    Back to top button
    Download Our App From Google PlayStore

    Powered by