Above Article Ad
  • बच्चाको स्वास्थ्य राम्रो बनाउनका लागि अपनाउनुहोस्

    Above Article Content Ad
  • नास्ता सधैं स्वस्थ दिनुहोस्

    धेरैजसो घरहरुमा बिहानको नास्तामा ब्रेड बटर वा तुरुन्तै खान मिल्ने खालका चिजहरु सेवन गर्दछन् । यी सबै चिजहरुबाट बच्चाहरुले पोषण पाउन सक्दैनन् । त्यसैले नास्तामा सधैं घरमै बनाइएका स्वस्थ खानेकुराहरु दिनुपर्छ । यसका लागि तपाईं रोटी, परौठा, फलफूल, दलिया, ओट्स आदि दिन सक्नुहुन्छ । यसले उनीहरुको शरीर दिनभर ऊर्जाशील रहन्छ ।

    Article inline ad #1
  • घरकै मिठो चिज दिनुहोस्

    Article inline ad #2

    यदी तपाईंको बच्चालाई गुलियो चकलेट, जाम, मिठाई आदि खाने बानी परेको छ वा बच्चाले मिठो गुलियो धेरै मन पराउँछ भने उसलाई त्यस्ता बाहिरका गुलियो चिज नदिनुहोस् । त्यसको सट्टा तपाईं घरमै गुड, मह आदि दिन सक्नुहुन्छ । यसले उनीहरुको स्वास्थ्य पनि बिग्रँदैन र मिठो पनि खान पाइहाल्छन् ।

    खेल्ने र सुत्ने समय निर्धारण गर्नुहोस्

    बच्चालाई स्वस्थ रुपमा शारीरिक तथा मानसिक वृद्धिविकासका लागि उसको खेल्ने तथा सुत्ने समय पनि निर्धारण गर्नुपर्दछ । शारीरिक र मानसिक विकासका लागि उनीहरुलाई पर्याप्त निद्राको आवश्यकता पर्दछ । त्यसैले समयमै सुताउने र एउटै समयमा उसलाई सुत्ने वातावरण गराउनु पर्दछ ।

    प्याकेटको खाना नखुवाउनोहोस्

    बच्चाहरुलाई प्याकेटका खाना तथा जंक फुडहरु दिनुहुँदैन । यो स्वास्थ्यका लागि एकदमै हानिकारक र विषालु नै हुन्छ । त्यसैले घरकै खानेकुराहरु खाएर रमाउने खालको बानीको विकास गराउनुहोस् । घरमै विभिन्न खाले व्यञ्जन तथा बच्चाहरुलाई मन पर्ने खालको खानेकुराहरु बनाएर खुवाउनुहोस् ।

    दैनिक दुईवटा फल खुवाउनुहोस्

    फलफूलमा भएको पोषक तत्वले बच्चाको रोग प्रतिरोधात्मक क्षमता वृद्धि हुन्छ । त्यसैले बच्चालाई फलफूल खान सिकाउनुहोस् । उसलाई कम्तीमा दैनिक रुपमा दुईवटा फलफूल अवश्य खुवाउनुहोस् । यसलाई उनीहरुको बानी नै बनाइदिनुहोस् ।

    प्याकेटको जुस नदिनुहोस्

    प्याकेटको जुसमा प्रिजर्वेटिव र चिनी हुन्छ । यसको सेवन गर्नाले बच्चा विरामी पनि हुन सक्छन् । त्यसैले यसको ठाउँमा ताजा फलफूलको जुस, कागती पानी, नरिवल पानी आदि दिन शुरु गर्नुहोस् ।

    खानपानमा परिवर्तन ल्याउनुहोस्

    मौसम परिवर्तन हुनेबेला बच्चाहरु विमारी हुने अत्यधिक सम्भावना हुन्छ । जसले गर्दा उनीहरुको खानपानलाई पनि परिवर्तन गर्नुपर्ने हुन सक्छ । जस्तै जाडोको खानेकुराहरु गर्मीमा फाइदाजनक नहुन सक्छ वा गर्मीको खानपान जाडोका लागि बेफाइदा गर्न सक्छ । त्यसैले मौसम अनुसारको खानपानमा पनि परिवर्तन ल्याउनुहोस् ।

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Leave a Reply

    Your email address will not be published.

    Below Comments Ad
  • Back to top button
    Download Our App From Google PlayStore

    Powered by