Above Article Ad
  • भोलिदेखि पुनर्वास-११ मा वडा अध्यक्ष कप टी–२० क्रिकेट हुने

    Above Article Content Ad
  • कञ्चनपुरको पुनर्वासमा बिहिबार देखी वडाध्यक्ष कप वडा स्तरीय टि २० क्रिकेट प्रतियोगीता हुने भएको छ । “स्वास्थ्यका लागी खेल, राष्ट्रका लागी खेल, युवाहरुलाई हौसला, खेलाडीहरुको मेल” भन्ने नाराका साथ हिमाल फ्रेण्डस क्लव पुनर्वास ११ को आयोजना तथा पुनर्वास नगर पालिकाको वडा नंम्वर ११ को आर्थीक सहयोगमा वडा स्तरीय टि २० क्रिकेट प्रतियोगीता हुने भएको पुनर्वास ११ का वडासदस्य प्रदिप सिंहले बताउनुभयो ।

    प्रतियोगीतामा पालिका भित्रका वडाहरुको मात्रै गरेर १० टिमको सहभागीता रहेको आयोजकले जनाएको छ । पालिकामा क्रिकेटको चहलपहल बढाउने, स्थानीय खेलाडीहरुलाई क्रिकेट प्रती उत्प्रेरीत गराउने, क्रिकेटलाई ब्यवसायिक बनाउने, र क्रिकेटको माध्यमबाट पालिकालाई चिनाउने उद्देश्य सहित प्रतियोगीता गर्न लागेको हिमाल फ्रेण्डस क्लव पुनर्वास ११ का अध्यक्ष सुरेश अधिकारीले बताउनुभयो ।

    Article inline ad #1
  • प्रतियोगितामा बिजेता टिमले ८२ हजार २ सय २२ रुपैया संगै उपबिजेता टिमले ४१ हजार १ सय ११ रुपैया नगद सहित ट्रफि प्राप्त गर्नेछन् । त्यस्तै सर्वोत्कृष्ट खेलाडी, उत्कृष्ट बलर , उत्कृष्ट ब्याटरले समान ५ हजार रुपैया प्राप्त गर्नेछन् भने प्रत्येक खेलमा म्यान अफ द म्याचले ट्रफि प्राप्त गर्नेछन् । साथै आकर्षक पुरस्कारको रुपमा ६ बलमा ६ छक्का हिर्काउने खेलाडीलाई नगद ५ हजार रुपैया पुरस्कारको ब्यवस्था गरीएको छ । यस्तै ६ बलमा ६ चौका हिर्काउने खेलाडीलाई नगद ३ हजार रुपैया र ह्याट्रिक बिकेट लिनेलाई २ हजार ५ सय रुपैया नगद पुरस्कारको ब्यवस्था समेत रहेको छ ।

    Article inline ad #2

    वडाध्यक्ष कप वडा स्तरीय टि २० क्रिकेट प्रतियोगीता बैशाख १८ गते देखी २७ गते सम्म चल्ने छ । प्रतियोगीता हिमाल फ्रेण्डस क्लवको खेलमैदान हुनेछ । बिहिबार १८ गते क्लवका पदाधिकारी र पुनर्वास नगरपालिकाका कर्मचारीहरु बिच मैत्रिपुर्ण खेल हुदै उदघाटन हुने छ । प्रतियोगीताको उदघाटन पुनर्वास नगरपालिकाका नगर प्रमुख तोय प्रसाद शर्माले गर्नुहुनेछ ।

     

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    2
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Leave a Reply

    Below Comments Ad
  • Back to top button
    Advertisement
    Rimal Dental Clinic - Punarbas 6