Above Article Ad
  • यी हुन् सबैभन्दा स्वस्थ्यकर पाँच खाना, के छ महत्व ?

    Above Article Content Ad
  • खानपिन जति स्वास्थ हुन्छ त्यति नै स्वास्थ्य राम्रो हुन्छ । जब स्वास्थ्य राम्रो हुन्छ, जीवन सहज र ऊर्जावान हुन्छ । त्यसैले स्वस्थ खाना खानु निकै जरुरी छ । स्वस्थ खानामा शरीरलाई चाहिने सबै आवश्यक पोषक तत्त्वहरू समावेश हुनुपर्छ ।

    संसारभरका विभिन्न संस्कृति र खानपानका आधारमा स्वास्थ्यकर खानेकुराहरूको छनौट फरक–फरक हुनसक्छ, तर केही खानेकुराहरू यस्ता छन्, जुन विश्वव्यापी रूपमा पोषक तत्त्वको समृद्धता र स्वास्थ्य लाभका कारण सर्वस्वीकार्य मानिन्छन् ।

    Article inline ad #1
  • १. पालुङ्गो

    Article inline ad #2

    पालुङ्गो एक हरियो पात भएको तरकारी हो, हामी नेपालीको भान्सामा पाकिरहने तरकारी हो पालुङ्गो । यसमा भिटामिन, खनिज र एन्टिअक्सिडेन्टको उच्च मात्रा पाइन्छ । भिटामिन ए, सी के र फोलेट प्रचुर मात्रामा हुन्छ । जसले आँखाको स्वास्थ्य, रोगप्रतिरोधी क्षमता बढाउने र रगत जमाउने प्रक्रियालाई सहयोग गर्छ ।

    पालुङ्गोमा आइरन र क्याल्सियम पनि हुन्छ, जसले रक्तअल्पता रोक्छ र हड्डीलाई बलियो बनाउँछ । यसको फाइबरले पाचन प्रणाली स्वस्थ राख्छ र कम क्यालोरी भएकोले यो तौल नियन्त्रणमा पनि उपयोगी छ । यसमा भएको एन्टिअक्सिडेन्टहरूले कोशिकालाई क्षति हुनबाट बचाउँछ । क्यान्सर जस्ता रोगको जोखिम कम गर्छ । नियमित पालुङ्गो खाँदा मुटुको स्वास्थ्य सुध्रिन्छ, रक्तचाप नियन्त्रण हुन्छ ।

    २. बदाम

    बदाम एक पोषक तत्त्वले भरिपूर्ण नट हो जसमा स्वस्थ चिल्लो प्रोटिन, फाइबर, भिटामिन ई र म्याग्नेसियम हुन्छ । यसको स्वस्थ चिल्लोले खराब कोलेस्टेरोल घटाउँछ र मुटुको स्वास्थ्य राख्छ । भिटामिन ई ले छाला र कोशिकालाई बुढ्यौली र क्षतिबाट जोगाउँछ । म्याग्नेसियमले स्नायु र मांसपेशीको कामलाई सहज बनाउँछ, र फाइबरले पेट भरिएको अनुभव गराएर तौल नियन्त्रण गर्छ । बदाममा कम कार्बोहाइड्रेट हुन्छ, जसले मधुमेह भएकाहरूलाई पनि फाइदा गर्छ । दिनमा एक मुठ्ठी बदाम खाँदा दिमाग तेज हुन्छ, ऊर्जा बढ्छ, र लामो समयसम्म भोक लाग्दैन ।

    ३. साल्मन माछा

    सिल्भर कलरको यो माछा विशेषगरी समुद्रमा पाइन्छ । साल्मन माछा ओमेगा–३ फ्याटी एसिडको उत्कृष्ट स्रोत हो, जुन मुटु र मस्तिष्कको स्वास्थ्यका लागि महत्त्वपूर्ण हुन्छ । यसमा प्रोटिन, भिटामिन डी र बि१२ पनि प्रचुर हुन्छ ।

    ओमेगा–३ ले रक्तचाप कम गर्छ र धमनीमा बोसो जम्न दिँदैन, जसले हृदयाघातको जोखिम कम गर्छ । भिटामिन डी ले हड्डीलाई बलियो बनाउँछ, र प्रोटिनले मांसपेशीको मर्मत गर्छ । साल्मनमा सेलेनियम जस्ता एन्टिअक्सिडेन्ट पनि हुन्छन्, जसले क्यान्सर र बुढ्यौलीको प्रभावलाई कम गर्छ ।

    हप्तामा दुई पटक साल्मन माछा खाँदा मस्तिष्कको कार्यक्षमता बढ्छ र मानसिक स्वास्थ्य सुध्रन्छ । नेपालमा यो आयातित रूपमा पाइन्छ । ट्राउट माछालाई यसको विकल्पका रुपमा लिइन्छ ।

    ४. ब्लुबेरी

    ब्लुबेरीमा एन्टिअक्सिडेन्ट, भिटामिन सी र फाइबर भरपुर मात्रामा पाइन्छ । एन्टिअक्सिडेन्टले शरीरमा फ्री र्‍याडिकल्सलाई नष्ट गर्छ, जसले क्यान्सर, मुटुरोग, र बुढ्यौलीको जोखिम कम गर्छ । यसले ब्लड सुगरलाई नियन्त्रण गर्छ र मधुमेह व्यवस्थापनमा सहयोग गर्छ ।

    भिटामिन सि ले रोग प्रतिरोधी क्षमता बढाउँछ र छालालाई स्वस्थ राख्छ । ब्लुबेरीमा भएको पोटासियम र फाइबरले पाचन र मुटुलाई फाइदा गर्छ । नियमित ब्लुबेरी खाँदा स्मरण शक्ति तेज हुन्छ र आँखाको स्वास्थ्य सुध्रन्छ । नेपालमा यो कम पाइए पनि स्ट्रबेरी जस्ता स्थानीय फल यसको विकल्पका रुपमा रहेका छन् ।

    ५. सखरखण्ड

    सखरखण्ड नेपालको प्रचलित खानेकुरामै पर्छ । यसमा कार्बोहाइड्रेट, फाइबर, भिटामिन ए र भिटामिन सी को उत्कृष्ट स्रोत हो । यसको फाइबरले पाचन प्रक्रियामा सुधार ल्याउँछ र ब्लड सुगरलाई स्थिर राख्छ । भिटामिन ए ले आँखाको दृष्टि राम्रो र छाला स्वास्थ्य राख्छ । एन्टिअक्सिडेन्ट गुणले कोशिकालाई क्षतिबाट बचाउँछ । सखरखण्डमा पोटासियम र म्याग्नेसियम पनि हुन्छ, जसले रक्तचाप नियन्त्रण र मांसपेशीको कार्यमा सहयोग गर्छ । यो कम चिल्लो र उच्च पोषक भएको खाना हो ।

    सखरखण्ड खाँदा लामो समय ऊर्जा मिल्छ र तौल नियन्त्रण हुन्छ । नेपालमा यो सजिलै पाइन्छ र उमालेर वा पोलेर खान सकिन्छ ।

    यी खानेकु किन सर्वश्रेष्ठ ?

    यी पाँच खानेकुराहरू स्वास्थ्यकर मानिनुको कारण तिनमा पोषक तत्त्वको सन्तुलन र स्वास्थ्य लाभको विविधता हो । पालुङ्गो, बदाम, साल्मन माछा, ब्लुबेरी र सखरखण्डमा भिटामिन, खनिज र एन्टिअक्सिडेन्टको उच्च मात्रा हुन्छ, जुन कम क्यालोरीमा पनि अधिक लाभ दिन्छ ।

    यिनले मुटुरोग, क्यान्सर, मधुमेह, र बुढ्यौली जस्ता समस्यालाई कम गर्छ । यी खानाले तत्काल र लामो समयसम्म ऊर्जा दिन्छ, जसले शारीरिक र मानसिक स्वास्थ्य राख्छ ।

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • प्रतिक्रियाहरु

    Leave a Reply

    Your email address will not be published.

    Below Comments Ad
  • Back to top button
    Advertisement
    Rimal Dental Clinic - Punarbas 6