Above Article Ad
  • समोसा, जेरी, पिज्जा, बर्गर : स्वास्थ्यका लागि कुन बढी हानिकारक ?

    Above Article Content Ad
  • वर्षातको मौसममा तातो समोसा र जेरी खान कसलाई मन नपर्ला र ? तर, पछिल्लो समय समोसा जेरी जस्ता खानेकुरा पकाउन प्रयोग गरिने तेलको पुनः प्रयोगले हृदयघात, क्यान्सर र अन्य रोगहरूको जोखिम बढाउने विज्ञहरू बताउँछन् । यसलाई पुष्टि गर्ने अध्ययनहरू पनि बाहिर आएसँगै समोसा, जेरी खाइरहने मान्छेहरू पनि केही सचेत भएका छन् ।

    समोसा र जेरी दुवैलाई डीप फ्राई गरिन्छ, जसले गर्दा यिनमा ट्रान्स फ्याट र स्याचुरेटेड फ्याटको मात्रा धेरै बढ्छ । ट्रान्स फ्याट विशेष रूपमा हानिकारक हुन्छ किनभने यसले खराब कोलेस्टेरोल बढाउँछ र राम्रो कोलेस्टेरोल घटाउँछ । शरीरमा यो असन्तुलनले मुटुको रोग, धमनीमा अवरोध र अन्य मुटुसँग सम्बन्धित समस्याहरूको जोखिम बढाउने पोषणविद् प्रविण भट्टराई बताउँछन् ।

    Article inline ad #1
  • ‘समोसा, जेरी, पकौडा, लड्डु आदि पहिलेदेखि मान्छेहरूले खाँदै आइरहको खानेकुरा हो’ भट्टराई भन्छन्, ‘त्यसैले यस्ता खानेकुरा खाँदै नखाउँ भन्न त मिल्दैन । तर उपभोक्ताहरूलाई यो थाहा हुनुपर्छ कि, उनीहरूले खाइरहेको कुरा कति स्वस्थ र कति अस्वस्थ छ । ’

    Article inline ad #2

    साथै पिज्जा, बर्गर, फ्राइजबिना आजकाल कुनै पनि पार्टी, आउटिङ, लन्च, डिनर अधुरो मानिन्छ । ठूला मानिसहरू मात्र होइन, बच्चाहरूले पनि यी खानेकुरा खान मन पराउँछन् । बिस्तारै फास्ट फूड नियमित आहारको हिस्सा बन्दैछ । यस्ता फास्ट फुडको सेवनले पनि स्वास्थ्यमा असर गर्ने विभिन्न अध्ययनहरूले बताएका छन् ।

    समोसा र जेरी माथि प्रश्न उठिरहँदा पिज्जा र बर्गरको पनि कुरा आउँछ । यदि समोसा र जलेबी स्वास्थ्यका लागि हानिकारक छन् भने पिज्जा र बर्गर कति स्वस्थ छन् ? यी खानाहरूमध्ये कुन स्वास्थ्यका लागि सबैभन्दा हानिकारक छ भनेर जानौं ।

    समोसा, जेरी, पिज्जा, बर्गरको तुलना

    समोसाको पोषण तथ्य

    (औसत १०० ग्राम) एक समोसा

    क्यालोरी : ३६५ किलो क्यालोरी

    कुल फ्याट : १७ ग्राम

    स्याचुरेटेड फ्याट : ७.१ ग्राम

    कार्बोहाइड्रेट : २४ ग्राम

    चिनी : १.६ ग्राम

    प्रोटिन : ३.५ ग्राम

    नोट : पुरानै तेलमा बारम्बार तारेको समोसामा ट्रान्स फ्याटको मात्रा अझ बढी हुन सक्छ ।

    ३६५ क्यालोरी जलाउन कति समय लाग्छ ?

    हिँडेर : १ घण्टा १३ मिनेट

    दौडेर : ३४–३८ मिनेट

    साइक्लिङ गरेर : ४०–४८ मिनेट

    जेरीको पोषण तथ्य

    (१०० ग्राम) दुई टुक्रा जेरी

    क्यालोरी : ३५६ किलो क्यालोरी

    कुल फ्याट : ७ ग्राम

    स्याचुरेटेड फ्याट : ४.२ ग्राम

    कार्बोहाइड्रेट : ५८ ग्राम

    चिनी : ३८ ग्राम

    प्रोटिन : २.६ ग्राम

    नोट : जुनकुनै स्न्याक्समा भन्दा चिनीको मात्रा उल्लेख्य उच्च हुन्छ ।

    ३५६ क्यालोरी जलाउन कति समय लाग्छ ?

    हिँडेर : ७३ मिनेट

    दौडेर : ३४ मिनेट

    साइक्लिङ गरेर : ४४ मिनेट

    पिज्जाको पोषण तथ्य

    पिज्जा (१ स्लाइस १०० ग्राम)

    क्यालोरी : २५८ किलो क्यालोरी

    कुल फ्याट : १० ग्राम

    स्याचुरेटेड फ्याट : ४.८ ग्राम

    ट्रान्स फ्याट : ०.३ ग्राम

    कार्बोहाइड्रेट : ३६ ग्राम

    चिनी : ४ ग्राम

    प्रोटिन : १२ ग्राम

    नोट : व्यावसायिक पिज्जामा सोडियम र स्याचुरेटेड फ्याट उच्च हुन्छ ।

    २५८ क्यालोरी जलाउन कति समय लाग्छ ?

    हिँडेर : ७७ मिनेट

    दौडेर : २७ मिनेट

    साइक्लिङ गरेर : ३९ मिनेट

    बर्गरको पोषण तथ्य

    बर्गर (१२० ग्राम)

    क्यालोरी : २२६ किलो क्यालोरी

    कुल फ्याट : १२ ग्राम

    स्याचुरेटेड फ्याट : ४ ग्राम

    ट्रान्स फ्याट : प्याकेजिङमा कम÷अनुदिष्ट

    कार्बोहाइड्रेट : १७ ग्राम

    चिनी : ४ ग्राम

    प्रोटिन : ११ ग्राम

    २२६ क्यालोरी जलाउन कति समय लाग्छ ?

    हिँडेर : ६१ मिनेट
    दौडेर : २२ मिनेट
    साइक्लिङ गरेर : ३१ मिनेट

    के भन्छन् पोषणविद् ?

    समोसा, जेरी, पिज्जा र बर्गरमध्ये स्वास्थ्यका लागि कुन बढी हानिकारक छ भन्ने कुरा विभिन्न कारकहरूमा निर्भर गर्छ, जस्तै तिनको तयारी विधि, प्रयोग गरिएका सामग्री, तेलको मात्रा र खाने प्रविधि आदिमा भर पर्ने पोषणविद् प्रविण भट्टराईले बताए ।

    उनी भन्छन्, ‘सामान्यतया तेलमा तारिएको समोसा र फास्ट फूड पिज्जा÷बर्गर प्रशोधित र उच्च क्यालोरी भएकाले बढी हानिकारक मानिन्छ । जेरीमा चिनी धेरै हुन्छ, तर समग्रमा यसको पोषण मूल्य कम हुन्छ ।’

    यी मध्ये कुनै पनि खानेकुरा स्वस्थकर बनाउन कम तेल, ताजा सामग्री प्रयोग गरी तयार गर्ने र सन्तुलित मात्रामा खानुपर्छ । उदाहरणका लागि, बेक्ड समोसा, कम चिनीको जेरी, वा तरकारीले भरिएको पिज्जा÷बर्गर स्वस्थकर हुने भट्टराई बताउँछन् ।

    यी सबै खानेकुरा धेरै खाएमा स्वास्थ्यका लागि नराम्रो हुन्छ । त्यसैले कहिलेकाहीँ कम मात्रामा मात्र खानुपर्छ । बाहिर खानु भन्दा स्वस्थ तरिकाले घरमै बनाएर बनाउन खान भट्टराईको सुझाव छ ।

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • प्रतिक्रियाहरु

    Leave a Reply

    Your email address will not be published.

    Below Comments Ad
  • Back to top button
    Download Our App From Google PlayStore

    Powered by