
सुदूरपश्चिममा डिआइजी रानाद्वारा १४७ प्रहरी सरुवा
Above Article Content Ad
धनगढी- सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले व्यापक सरुवा अभियान अघि बढाएको छ।
प्रदेश प्रहरी प्रमुख डिआइजी ओमबहादुर रानाले आवश्यकता अनुसार जुनियर तहका प्रहरी अधिकृतहरूको सरुवा गरिएको जानकारी दिएका छन्।
Article inline ad #1
प्रदेश प्रहरी कार्यालयको कर्मचारी प्रशासन शाखाले सूचना जारी गर्दै सरुवाबारे औपचारिक जानकारी दिएको हो। सरुवा भएका कर्मचारीहरूले वैशाख महिनादेखिको तलब तथा भत्ता नयाँ दरबन्दीबाटै प्राप्त गर्ने व्यवस्था मिलाइएको पनि कार्यालयले स्पष्ट पारेको छ।
Article inline ad #2
यस्तै, सरुवासम्बन्धी अभिलेख अद्यावधिकका लागि राष्ट्रिय किताबखाना (प्रहरी) लाई औपचारिक रूपमा अनुरोध गरिएको जनाइएको छ।
फेसबुक प्रतिक्रियाहरु
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1
+1
Below Article Content Ad















