
रौतहटमा निजी कारबाट १३३ किलो गाँजा बरामद
रौतहट – रौतहटको गरुडामा प्रहरीले निजी कारबाट ठूलो परिमाणमा लागुऔषध गाँजा बरामद गरेको छ ।
गरुडा नगरपालिका-५ मा रहेको झाँझ खोला नजिकै ग३च ६७९६ नम्बरको कारबाट प्रहरी १३ पोकामा रहेको १३३ किलो गाँजा बरामद गरेको हो ।चन्द्रनिगाहपुरबाट गौरतर्फ आउँदै गरेको कारलाई इलाका प्रहरी कार्यालय गरुडाको टोलीले चेकजाँच गर्न खोज्दा कार नरोकेर फरार भएको थियो ।
प्रहरीले गाडीलाई पछयाउँदै जाने क्रममा झाँझ खोला नजिक रहेको खरको घारीमा छोडेर चालक फरार भएका थिए । सडकभन्दा तल झण्डै २० फिट गहिरो खरको घारीमा गाडीलाई छोडेर सवार व्यक्तिहरू फरार भएको प्रहरीले जनाएको छ ।प्रहरीले गाडीलाई क्रेनको सहायताले निकालेर त्यसमा रहेको गाँजा निकालेर नियन्त्रणमा लिइएको गरुडाका डिएसपी राजन कार्कीले जानकारी दिए ।
फरार व्यक्तिहरूको खोजी कार्य जारी रहेको डीएसपी कार्कीले बताए । गाडी छाडेर चालक फरार भए पनि सवारी चालक अनुमति पत्र र गाडीको कागजाता फेला परेको उनले बताए ।















https://shorturl.fm/39Xll
https://shorturl.fm/bYOCj