
पुनर्वासमा नागरिक सहकारी संस्थाको १३ औँ स्थापना दिवस मनाईयो
पुनर्वास ।
कञ्चनपुरको पुनर्वास नगरपालिका–३ मा अवस्थित नागरिक बचत तथा ऋण सहकारी संस्थाको १३ औँ स्थापना दिवस मनाईएको छ ।
शनिबार पुनर्वास–६ स्थित न्यू सम्राट रेष्टुरेण्टको सभाहलमा विभिन्न कार्यक्रमको आयोजना गर्दैै संस्थाले १३ औँ स्थापना दिवस भव्य रुपमा मनाएको हो ।
अवसरमा एकल महिला, पुनर्वासका नगरप्रमुख तोय प्रसाद शर्मा, निवर्तमान नगरप्रमुख जीवन राज थापा, उपप्रमुख भुलिया कुमारी राना, पुनर्वास उद्योग वाणिज्य संघका नवनिर्वाचित अध्यक्ष राजकुमार रायमाझी, पुनर्वासका पत्रकारद्वोय हरिलाल जोशी र जुद्ध चौधरीलाई सम्मान गरिएको थियो । कार्यक्रममा बोल्दै नगरप्रमुख तोय प्रसाद शर्माले छोटो समयमा राम्रो प्रगती गरेको बताउँदै आगामी दिनमा पनि सेवामुलक काममा अग्रसर रहन अनुरोध गरेका थिए ।
“वर्तमान समयमा केहि सहकारीले बचतकर्ताको पैसा समेत फिर्ता गर्न नसक्ने अवस्थामा पुगेको छ । सेयर सदस्यको मन जित्ने काम गर्न सके र संस्थाको व्यवस्थापकिय पक्ष राम्रो र ईमानदारीता भए संस्था मजबुत हुन्छ ।” उनले भने,
स्थापना दिवसमा सहभागी सेयर सदस्यहरु बिच हाजिरीजवाफ प्रतियोगिता र अन्तरक्रिया कार्यक्रम गरिएको थियो । संस्थाका अध्यक्ष धोखे रानाको सभापतित्वमा भएको कार्यक्रममा पुनर्वास नगरपालिकाका निर्वतमान नगरप्रमुख जिवनराज थापा, उधोग वाणिज्य संघ पुनर्वासका अध्यक्ष, ईलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीका प्रहरी निरिक्षक नरेशराज मल्ल लगायतका व्यक्तिहरुको आतिथ्यता रहेको कार्यक्रमको सञ्चालन सहकारीका प्रबन्धक तिर्थराज रानाले गरेका थिए ।