पुनर्वासमा तिन महिना भन्दा माथीका बाख्रा तथा पाठापाठीहरुलाई पिपिआर रोग बिरुद्धको खोप लगाइने
पुनर्वास– कञ्चनपुरको पुनर्वास नगरपालिकामा तिन महिना भन्दा माथीका बाख्रा तथा पाठापाठीहरुलाई पिपिआर रोग बिरुद्धको खोप लगाइने भएको छ ।
पशु बिकास शाखा पुनर्वासको आयोजनामा पुनर्वास ११ मा चैत्र ७ र ८ गते पिपिआर रोग बिरुद्धको खोप लगाइन लागेको पुनर्वास ११ का कार्यबाहक वडाध्यक्ष पदम सिंह धामीले जानकारी दिनुभयो ।
पालिकाको नियमीत कार्यक्रम अन्तरगत हरेक बर्ष जस्तै यस बर्षपनी तिन महिना भन्दा माथीका बाख्रा तथा पाठापाठीहरुलाई पिपिआर रोग बिरुद्धको खोप लगाइने उहाँले जानकारी दिनुभयो ।
पुनर्वास ११ मा चैत्र सात गते बुधबार ६ केन्द्र मार्फत खोप लगाइदै छ । बिहान १० देखी १२ बजे सम्म २ टोलीले चौकी पछाडी र टिम्बर टोलमा पिपिआर रोग बिरुद्धको खोप लगाउने छन् । यस्तै, १२ देखी २ बजे सम्म बौद्ध टोल र रामजानकी टोलमा खोप लगाइदै छ भने २ बजे पछी देउराली टोल, शान्ति टोल, र ग्वानी टोलमा बाख्रा तथा पाठापाठीहरुलाई पिपिआर रोग बिरुद्धका खोप लगाउने कार्यक्रम रहेको पुनर्वास ११ का कार्यबाहक वडाध्यक्ष धामीले जानकारी दिनुभयो ।
यस्तै चैत्र आठ गते बिहिबार सात केन्द्र मार्फत पिपिआर बिरुद्धको खोप लगाउने योजना रहेको छ । बिहान १० देखी १२ बजे सम्म अमर टोल टायल भट्टा, जीवन सिग्देलको घर पछाडीको क्षेत्रमा खोप लगाइदै छ । सोही दिन १२ देखी २ बजे सम्म थापा सप्लायर्स र राधाकृष्ण मन्दीर आसपासको क्षेत्रमा खोप लगाइदै छ भने २ देखी ३ बजे सम्म डाँडा गाउँको कालीका मन्दीर र यम बहादुर क्षेत्रीको मिल नजीक खोप लगाइदै छ ।
त्यस्तै ३ बजे पछी शिद्धदेबि टोलमा बाख्रा तथा पाठापाठीहरुलाई पिपिआर रोग बिरुद्धका खोप लगाउने समय तालीका निकालीएको छ ।