Above Article Ad
  • दलितहरू ठुलो पिडा खेपेर बसेका छन् : खगेन्द्र सुनार

    Above Article Content Ad
  • पुनर्वास -दलितका लागि दलित अभियानका संयोजक खगेन्द्र सुनारले दलितहरू ठुलो पिडा खेपेर बसेको बताएका छन् । कैलालीको अत्तरियामा आयोजित जागरण सभालाई सम्बोधन गर्दै उनले सुदूरपश्चिमका विभिन्न जिल्लाको भ्रमणको क्रममा दलितहरूको अवस्था एकदमै नाजुक पाएको बताए । उनले अब पनि दलित आफै अगाडि बढ्न नसके यो पीडाबाट मुक्ति नपाउने बताए । ‘अहिले आवाज उठेको बेलामा, आवाज चर्किएको बेलामा तपाइहरूले पनि घिउ थप्ने काम गर्नुहोस्’ उनले भने ‘तपाइहरूलाई अन्याय परेको छ । त्यसबाट मुक्ति पाउन हामी सबै एकजुट हुन जरुरी छ ।’

    उनले अब दलित एकजुट भएर २०८४ को निर्वाचनमा जुनी फेर्न तयार हुनुपर्ने बताए । ‘अब पनि दाइ जय नेपाल, कमरेड अभिवादन भनेर हुनेवाला छैन’ उनले भने ‘अब बाचुन्जेल आत्मसम्मान साथ बाच्नको लागि एकजुट बनौँ ।’ उनले आफूमाथि कतिपयले आन्दोलन आधामै छोडेर जाने हो की भन्ने आरोप लगाउने गरेकोमा त्यसो नहुने बताए । ‘कतिपयलाई लागेको छ । यो अभियानमा लागेको छ । आफ्नो पेट भरिने बित्तिकै आफ्नो बाटो लागिहाल्छ भन्ने परेको छ’ उनले भने ‘मलाई त्यस्ता अफर पनि आएका हुन र बोरा भरी लैजा भन्ने पनि अफर आयो । अब म यो आन्दोलनबाट कतै जाँदैन । पाउँदा मैले मात्रै पाउने, मैले छोड्दा सारा दलितले पाउने हुन्छ भने म त संन्यास लिएर हिँडेको छु । मलाई केही चाहिएको छैन ।’

    Article inline ad #1
  • उनले नवराज विकलाई जातीय विभेदका आधारमा मारिएको भए पनि अदालतले जातीय विभेद भएको छैन भनेपछि आफूहरूले अदालतको गेटमै विरोध गरेको बताए । उच्च अदालत सुर्खेतले २०७७ जेठ १० गते रुकुम पश्चिमको चौरजहारी नगरपालिका सोतीगाँउमा भएको नवराज विकसहित ६ जनाको हत्या प्रकरणमा २३ जनालाई जिल्ला अदालत रुकुम पश्चिमले गरेको जन्मकैदको फैसला सदर गरे पनि जातीय छुवाछुत अभियोगमा भने सबैलाई सफाइ दिएको थियो ।

    Article inline ad #2

    कार्यक्रममा दलितका लागि दलित अभियान लुम्बिनी प्रदेश अध्यक्ष केशव नेपाली ले हामिबिचको मुद्दा हामिभित्रै बसेर समाधान गर्ने हो ,यद्यपि हाम्रो मुल मुद्दा राज्य संग हो जबसम्म छुवाछूत मुक्त देश बन्दैन , शरिरमा एक थोपा रगत रहुन्जेल सम्म यो लडाइ मा आफू लागि पर्ने उनलेे बताए । संयोजक सुनारले जातीय कसुरमा उन्मुक्ति दिएको मुद्दा सर्वोच्चमा दायर गर्ने तयारी भइरहेको बताए ।

    संयोजक खगेन्द्र सुनार सहितको एक दर्जन युवा टोलि करिब दुई सातादेखि सुदूरपश्चिम को विभिन्न पहाडी जिल्ला हुँदै बिहीबार अत्तरियामा बृहत जनसभा कार्यक्रम सम्पन्न गरिएको छ भने शुक्रबार नै दाङ जिल्लामा जनसभा कार्यक्रम गरिने संयोजक सुनारले बताएका छन । उनलेे देशैभरि दवियर रहेका दलित समुदायलाई जागरण कार्यक्रम मार्फत अभियानमा जोडदै लैजाने बताए ।
    जागरण अभियान अघि अत्तरियामा र्याली निकालिएको थियो । -यालीमा अभियानका संयोजक खगेन्द्र सुनार लगायतको सहभागिता रहेको थियो । अत्तरियामा रहेको इलाका प्रहरी कार्यालय मालाखेती अगाडिबाट सुरु भएको -याली नमस्ते होटलको हलमा पुगेर जागरण सभामा परिणत भएको थियो ।
    दलितका लागि दलित अभियान नेपाल सुदूरपश्चिम प्रदेश संयोजक सुरत बहादुर भुलको अध्यक्षतामा कार्यक्रम को आयोजना गरिएको थियो । अभियान सुदूरपश्चिम महासचिव सन्तोष आउजिको स्वागत मन्तव्य बाट सुरु भएको कार्यक्रम को सञ्चालन सचिव निराजन परियारले गरेका थिए ।

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Leave a Reply

    Your email address will not be published.

    Below Comments Ad
  • Back to top button
    Advertisement
    Rimal Dental Clinic - Punarbas 6