
भारतको गुजरातस्थित अहमदाबादमा एक ठूलो विमान दुर्घटना
Above Article Content Ad
काठमाडौंः भारतको गुजरातस्थित अहमदाबादमा बिहीवार एक ठूलो विमान दुर्घटना भएको छ।
टाइम्स अफ इन्डियाका अनुसार एअर इण्डियाको फ्लाइट नम्बर १७१ विमानमा २३० यात्रु, २ पाइलट र १० जना क्रु मेम्बर थिए। दुर्घटनापछि आकाशमा बाक्लो धुवाँ देखिएको छ। विमान बस्ती नजिकै दुर्घटना भएकाले जनधनको ठूलो क्षति हुने आशंका गरिएको छ। घटनास्थलमा दमकल र एम्बुलेन्ससहित उद्धार टोली परिचालित भइसकेका छन्
Article inline ad #1
विमानले अहमदाबाद विमानस्थलबाट लण्डनका लागि उडान भरेको केहीबेरमै दुर्घटनामा परेको हो। दुर्घटनाको कारणबारे छानबिन गर्न आदेश दिइएको छ भने एयरपोर्ट क्षेत्रमा आपतकालीन अवस्था घोषणा गरिएको छ।
दुर्घटनापछि अहिले अहमदाबाद विमानस्थलमा उडान अवतरण बन्द गरिएको छ।
Article inline ad #2
फेसबुक प्रतिक्रियाहरु
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1
+1
Below Article Content Ad


























