Above Article Ad
  • कैलालीमा चोरीका ८ वटा मोटरसाइकलसहित ४ जना पक्राउ

    Above Article Content Ad
  •  धनगढी – कैलालीमा चोरीका आठ वटा मोटरसाइकलसहित चार जनालाई पक्राउ गरिएको छ । घोडाघोडी नगरपालिकाका विभिन्न स्थानबाट चोरी भएका ८ वटा मोटरसाइकलसहित ४ जना व्यक्तिलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) राजकुमार श्रेष्ठले जानकारी दिए ।

    उनका अनुसार इलाका प्रहरी कार्यालय सुखडका प्रहरी नायब उपरीक्षक (डीएसपी) रमेश दत्त अवस्थीको कमाण्डमा खटिएको टोलीले घोडाघोडी नगरपालिका–१ को लोहारपुर र जंगल क्षेत्रबाट उनीहरूलाई पक्राउ गरेको हो।पक्राउ पर्नेमा घोडाघोडी नगरपालिका–२ साडेपानीका २२ वर्षीय मदन सार्की, घोडाघोडी–१ को लोहारपुरका १४ वर्षीय किशोर निराजन शाही, चोरी गरिएका मोटरसाइकल सस्तोमा खरिद गरी नाफा कमाउने कार्यमा संलग्न घोडाघोडी–१० पहलमानपुरका २३ वर्षीय जितेन्द्र चौधरी र लक्ष्मीपुरका १४ वर्षीय निराजन शाही रहेको डीएसपी सिंहले बताए ।

    Article inline ad #1
  • उनीहरु मध्ये चोरीमा संलग्न सार्की यसअघि पनि चोरी मुद्दामा दुई पटक र शाहीले एकपटक कैद भुक्तान गरिसकेको खुलेको छ । प्रहरीका अनुसार, उनीहरूलाई जिल्ला अदालत कैलालीबाट म्याद थप गरी ईलाका प्रहरी कार्यालय सुखडको हिरासतमा राखेर थप अनुसन्धान भइरहेको छ।

    Article inline ad #2
    बरामद मोटरसाइकलहरूको विवरण :

    १. नम्बर प्लेट नभएका हिरो कम्पनीको रातो–कालो रंगको सुपर स्प्लेण्डर
    २. सु.प.प्र. ०१–०१२ प ९३५८ नम्बर प्लेट टाँसिएको, कालो रंगको १२५ सीसी पल्सर
    ३. सु.प.प्र. ०१–०११ प १५७८ नम्बर प्लेट टाँसिएको मोटरसाइकल
    ४. भे ९ प ६९५८ नम्बर प्लेट टाँसिएको बजाज पल्सर
    ५. हिरो कम्पनीको रातो–कालो रंगको सुपर स्प्लेण्डर, से ५ प १०७२ नम्बर प्लेट टाँसिएको
    ६. सु.प.प्र. ०१–०११ प ०४३८ नम्बर प्लेट टाँसिएको मोटरसाइकल
    ७. सु.प.प्र. ०१–००८ प ०४१२ नम्बर प्लेट टाँसिएको मोटरसाइकल
    ८. से ५ प ७१४९ नम्बर प्लेट टाँसिएको मोटरसाइकल

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Leave a Reply

    Your email address will not be published.

    Below Comments Ad
  • Back to top button
    Download Our App From Google PlayStore

    Powered by