Above Article Ad
  • बेहडाबाबामा बिहानैदेखि दर्शनार्थीको भिड गङ्गादशहरा मेला सुरु

    Above Article Content Ad
  • कैलालीः धनगढी उपमहानगरपालिका–१६ रामपुरस्थित बेहडाबाबामा बुधवारदेखि धुमधामका साथ गङ्गादशहरा मेला सुरु भएको छ।

    गङ्गादशहरा पर्वका अवसर पारेर बेहडाबाबा मन्दिरमा पूजाका लागि छिमेकी मुलुक भारतका विभिन्न स्थानबाट समेत हजारौँको सङ्ख्यामा भक्तजनहरू आइसकेका छन् भने केही अझै आउने क्रम जारी छ। यहाँ हरेक वर्ष भारतको लख्खीमपुर, पलिया, पिलिभित, युपी, उत्तराखण्डलगायत विभिन्न क्षेत्रबाट भक्तजन आउने गरेका छन्।

    Article inline ad #1
  • धनगढी उपमहानगरपालिका प्रमुख गोपाल हमालले विभिन्न चाहपर्वहरू जस्तै गङ्गादशहरा पनि यहाँको महत्वपूर्ण चाड मानिँदै आएकाले यसको महत्व बुझेर उपमहानगरपालिकाले यही जेठ २२ गते अर्थात् बिहीवार सार्वजनिक बिदासमेत दिएको बताए।

    Article inline ad #2

    उपमहानगरपालिकाले बेहडाबाबामा आउने भक्तजनहरूको सहजताका लागि शिवगङ्गा नदीको छेउबाट मन्दिरसम्म पुग्न निःशुल्क बस सञ्चालन गरिएको नगरप्रमुख हमालले बताए। मेलामा यहाँका नेपाली मात्रै नभएर भारतका व्यवसायीहरूले समेत केही दिनअघि  नै यहाँ आएर विभिन्न पसल सञ्चालन गरेका छन्। गंगा दशहराका अवसरमा बेहडाबाबा मन्दिरको दर्शनका लागि बिहीवार बिहानैदेखि नेपाल–भारतका तीर्थयात्रीको भिड लागेको छ।

    पहिलो दिन जल चढाउने र पूजाआजासहित दर्शन गर्ने कार्य भइरहेको छ। तीर्थालुहरुको सहजताका लागि पश्चिमबाट लाइन लगाएर पालौपालो दर्शन र पूजाआजा गर्ने व्यवस्था मिलाइएको र अपाङ्ता भएका व्यक्ति, असहाय तथा वृद्धवृद्धाका लागि मन्दिरको उत्तर ढोकाबाट प्रवेश दिएर पूजाआजाको व्यवस्था मिलाइएको अध्यक्ष चन्दले जानकारी दिए।

    जेठ २५ गतेसम्म लाग्ने मेलाको करिब एक लाख दर्शनार्थीले अवलोकन गर्ने व्यवस्थापन समितिले जनाएको छ। बेहडाबाबा मन्दिरमा गङ्गा दशहरा, चैत अमावस, माघी, शिवरात्री र नयाँ सालको बेलाका दिन भक्तजनको भिड हुने गर्दछ। यसैगरी, साउन महिनाको सबै सोमवार भक्तजन आउने गरेका समितिले जानकारी दिएको छ।

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Leave a Reply

    Your email address will not be published.

    Below Comments Ad
  • छुटाउनुभयो कि?
    Close
    Back to top button
    Download Our App From Google PlayStore

    Powered by