Above Article Ad
  • सुदूरपश्चिम प्रदेश सभाको जेठ ११ गते बजेट अधिवेशन बोलाइने

    Above Article Content Ad
  • धनगढी: प्रतिपक्षी दलहरूको अवरोधका कारण लामो समयदेखि ठप्प रहेको सुदूरपश्चिम प्रदेश सभाको बजेट अधिवेशन आह्वान गरिने भएको छ।सुदूरपश्चिम प्रदेशको बिहिवार बसेको मन्त्रीपरिषद् बैठकले प्रदेश सभाको बजेट अधिवेशन जेठ ११ गते बिहान ११ बजे बोलाउन प्रदेश प्रमुख नजिर मियाँ समक्ष सिफारिस गर्ने निर्णय गरेको हो।

    मन्त्रीपरिषद्ले सिफारिस गरेपछि प्रदेश प्रमुखले अधिवेशन बोलाउने कानुनी व्यवस्था छ। प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रले विभिन्न सवाल राख्दै विरोध जनाएपछि प्रदेश सभा ठप्प रहेको छ। खासगरी प्रदेश सरकारले अनावश्यक रूपमा नियुक्ति गरेको, फजुल खर्च बढाएको र आर्थिक लेनदिनको आरोपमा छानबिन नगरेको भन्दै विपक्षी दलहरूले निरन्तर प्रदेशसभा बैठक अवरुद्ध गर्दै आएका थिए। पछि मन्त्रीपरिषद्को सिफारिसमा प्रदेश प्रमुख मियाँले चैत २५ गते अधिवेशन अन्त्य गरेका थिए।सुदूरपश्चिम प्रदेशमा प्रतिपक्ष दलहरूको अवरोधका कारण लामो समयदेखि प्रदेश सभाको बैठक अवरोध गर्दै आएका छन्।

    Article inline ad #1
  • फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Article inline ad #2
    Below Article Content Ad
  • Below Article Ad
  • Leave a Reply

    Your email address will not be published.

    Below Comments Ad
  • Back to top button
    Download Our App From Google PlayStore

    Powered by