
इरानका विदेशमन्त्रीलाई विपिन जोशीको रिहाइका लागि परराष्ट्रमन्त्री राणाको फोन
Above Article Content Ad
काठमाडौँः हमास अतिवादी समूहको नियन्त्रणमा रहेका नेपाली युवा विपिन जोशीको रिहाइका लागि परराष्ट्र मन्त्री आरजु राणा देउवाले इस्लामिक गणतन्त्र इरानका विदेशमन्त्री सय्यद अब्बास अराघ्चीसँग फोन वार्ता गरेकी छन्।
Article inline ad #1
इजरायल सरकार र हमासबीच युद्धविराम भएपछि आफ्ना नियन्त्रणमा रहेका बन्दीहरुलाई हमासले कब्जामुक्त गरिरहेको छ। हमासको नियन्त्रणबाट विपिनलाई मुक्त गर्न नेपाल सरकारले कूटनीतिक पहल गर्दै आएको छ । यसक्रममा मन्त्री राणाले अघिल्लो हप्तामात्र इजिप्टका विदेशमन्त्रीसँग पनि फोनवार्ता गरी त्यसबारे अपिल गरेकी थिइन्। इजरायल सरकार र हमासबीच युद्धविरामको कुराकानी भएदेखि नै मन्त्री राणाले हमाससँगको शान्तिवार्ताका लागि मध्यस्थता गरिरहेका कतार र इजिप्टसँग विपिनको रिहाइका लागि विशेष पहल गरिदिन आग्रह गर्दै आएकी छन्। केही हप्ताअघि मन्त्री राणाले इजरायलका विदेशमन्त्रीसँग फोनवार्ता गरेकी थिइन्।
त्यसैगरी इजरायलका लागि नेपाली राजदूत प्रा डाक्टर धनप्रसाद पण्डितले पनि केही दिन अघि इजरायलका राष्ट्रपतिसँग फोनमा सो आग्रह गरेका थिए।
Article inline ad #2
फेसबुक प्रतिक्रियाहरु
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1
+1
Below Article Content Ad
प्रतिक्रियाहरु