Above Article Ad
  • ८ वर्षदेखि कीर्ते कागजात नक्कली बनाउने कारखानामा प्रहरीले छापा, ३ जना पक्राउ

    Above Article Content Ad
  • काठमाडौं– सरकारी तथा बैंक वित्तिय संस्थाका काजातहरू कीर्ते गरी नक्कली बनाउने कारखानामा प्रहरीले छापा मारेर तीन जनालाई पक्राउ गरेको छ ।

    पक्राउ पर्नेहरूमा गोरखाको भीमसेनथापा गाउँपालिका–१ घर भएका ४६ वर्षीय अन्जनी बयलकोटी, ओखलढुंगाको चम्पादेवी गाउँपालिका–७ घर भएका २८ वर्षीय निर्मल खड्का र मकवानपुरको कैलाश गाउँपालिका–२ छयाङ्ढुङकी २३ वर्षीया अन्जु खत्री छन् । उनीहरूलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले बुधबार छापा मारेर पक्राउ गरेको हो ।यो समूहले तारकेश्वर नगरपालिका–७ फुटुङमा कार्यालयन नै खडा गरेर सरकारी कागजातहरू नक्कली बनाउने गरेको पाइएको अपराध अनुसन्धान कार्यालयका एसएसपी रमेश बस्नेतले बताए ।

    Article inline ad #1
  • सरकारी कागजातहरू, शैक्षिक प्रमाणपत्र, स्थानीय तहका कागजातहरू, बैंक तथा वित्तिय संस्थाका कागजातहरू उनीहरूले बनाउँदै आएको प्रहरीले बताएको छ ।पक्राउ परेकाहरूलाई थप अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ । पक्राउ परेका बयलकोटीले विगत ८ वर्षदेखि यो धन्दा चलाएको प्रहरीको भनाइ छ । उनले जग्गा धनीपूर्जादेखि सवारी चालक अनुमतिपत्र समेत नक्कली बनाउने गरेको प्रहरीको भनाइ छ ।

    Article inline ad #2
    यसका मुख्य योजनाकार बयलकोटी नै हुन् । उनले फुटुङमा कोठा भाडा लिएर दुई जना सहयोगी समेत राखेर काम गरेको पाइएको छ । जसमा मासिक १० हजारदेखि १५ हजार रुपैयाँ तलब समेत दिने गरेको पाइएको प्रहरीले बताएको छ ।यो समूहले डिपेन्डेन्ट भिसाका लागि चाहिने म्यारिज सर्टिफिकेट समेत बनाइदिने गरेको प्रहरीले बताएको छ । प्रहरीले यो कारखानाबाट ठूलो संख्यामा नक्कली डकुमेन्ट पनि बरामद गरेको छ ।
    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Leave a Reply

    Below Comments Ad
  • Back to top button
    Advertisement
    Rimal Dental Clinic - Punarbas 6