
पुनर्वासमा लागुऔषध खैरो हिरोइन सहित तीन जना पक्राउ
पुनर्वास । कञ्चनपुरको पुनर्वासमा लागुऔषध खैरो हिरोइन सहित तीन जना पक्राउ परेका छन् । पुनर्वास नगरपालिका वडा नम्बर–११ डोकेबजारमा छिमेकी राष्ट्र भारतको लखिमपुर खिरी, गौरीफन्टा थाना नजिकै रहेको वन गाउँका बर्ष २० का राज राना र २१ बर्षीय आकाश रानालाई प्रहरीले पक्राउ गरेको हो।
ईलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीबाट सादा पोशाकमा खटिएका प्रहरी जवान नरेश बोहरा र महेश बिष्टले डोकेबजार स्थित सडक खण्डमा शंकास्पद रुपमा हिडिरहेको अवस्थामा फेलापारी चेकजाँच गर्दा राज रानाले लगाएको जिन्स पाइन्टको अगाडी दाहिने पट्टिको सानो खल्तीमा कालो प्लाष्टिकमा बेरेर लुकाई छिपाई राखेको ३१० मिलिग्राम र आकाश रानाले लगाएको जिन्स पाइन्टको अगाडी दाहिने पट्टिको सानो खल्तीबाट पान मसलाको पुडियामा ४६० ग्राम लागुऔषध फेला पारी उनलाई पक्राउ गरेको हो।
यस्तै शनिबार मात्रै कञ्चनपुरको पुनर्वास नगरपालिका वडा नं ११ को टाउके बजारबाट विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय त्रिभुवन बस्तीबाट खटिएको प्रहरी नायब निरीक्षक रामप्रसाद अवस्थीको टोलीले १७ वर्षीय अभिषेक चौधरीलाई पक्राउ गरेको थियो।
चौधरीलाई बाटोमा हिडिरहेको बेला शंकालागि चेकजाच गर्दा उनको हातमा रहेको खुकुरी चुरोटको डब्बामा कालो प्लाष्टिकमा बेरेर लुकाईछिपाई राखेको २१० मिलिग्राम खैरो हिरोईन फेलापारी नियन्त्रणमा लिइएको प्रहरीले जनाइएको छ। खैरो हिरोइन सहित पक्राउ परेका उनीहरुलाई ईलाका प्रहरी कार्यालय त्रिभुवन बस्तीको हिरासत कक्षमा राखि थप अनुसन्धान कार्य अघि बढाइएको प्रहरी निरीक्षक नरेश राज मल्लले जानकारी दिए ।