Above Article Ad
  • बाढी बिस्थापितलाई पुनःस्थापन कहिले हुन्छ सरकार : सासंद तामाङ

    Above Article Content Ad
  • पुनर्वास । कंचनपुर क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सदस्य तथा नेकपा एमालेका सासंद तारालामा तामाङले कंचनपुरको दोदा नदिमा आएको बाढीबाट बिस्थापितहरुको हालसम्म पुनःस्थापना हुन नसकेको भन्दै सरकारको ध्यानाकर्षण गराउनु भएको छ ।

    संसदको सोमबार बसेको बैठकमा शून्य समयमा बोल्दै उहाँले दोदा नदिमा बि.स. २०६५ सालमा आएको बाढिबाट बिस्थापितहरु अहिले पनि लालझाडीको बन क्षेत्र र आई. बि. आर. डि. स्थित पैसठ्ठी बिघाहा क्षेत्रमा बसिरहे पनि उनीहरुको पुनःस्थापना हुन नसकेको बताउनुभयो ।

    Article inline ad #1
  • Upgrade with 0% interest

  • “१५ बर्ष देखि घरबार बिहिन भएर बसेका बाढिपिडितहरुलाई तत्कालीन समयका राष्ट्रपति रामवरण यादबले समेत बाढी पीडित क्षेत्रमा निरीक्षण गरेको स्मरण गराउदै हालसम्म पनि पुनःस्थापनका संगै ब्यस्थित बसोबास निर्माणमा सरकारको ध्यान पुग्न सकेको छैन ।” सासंद तामाङले भने,”बर्षेनी दोदा नदिको बाढीका कारण पुनर्वास, बेलौरी र लालझाडीका विभिन्न खेतीयोग्य भुभाग कटान र डुबानको चपेटामा पर्दै आएका छन् ।”

    Article inline ad #2
  • यस्तै कंचनपुरका आरक्ष पीडितहरुको विषयमा आफुले सदनमा पटकपटक ध्यानाकर्षण गराउदा समेत पहल नभएको बताउदै उनिहरुको समस्या समेत तत्काल सम्बोधन गर्न सभामुख मार्फत सरकारको ध्यानाकर्षण गराउनुभयो । आरक्ष पीडितहरु बिगत एक महिना देखि काठमाडौंमै छन् उनीहरूका माग यथाशीघ्र सम्बोधन गर्न समेत उहाले सरकारलाई सुझाव दिनुभएको थियो ।

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Below Comments Ad
  • Back to top button