Above Article Ad
  • लालझाडी गाउँपालिकाको नयाँ प्रशासकीय भवनको शिलान्यास

    Above Article Content Ad
  • नयाँ प्रशासनिक भवन निर्माणका लागि रुद्रवती निर्माण सेवा प्रा.लि.धनगढीसँग ठेक्का सम्झौता भएको गाउँपालिकाले जनाएको छ। गाउँ कार्यपालिकाको कार्यालय शंकरपुरका अनुसार भवन निर्माणका लागि रु. ८ करोड १५ लाख ६ हजार ६ सय ५८ रुपैयाँ ६ पैसा (भ्याट तथा पी.एस. सहित) मा ठेक्का सम्झौता भएको हो।

    आयोजनाको सम्झौता २०८३ असार २३ गते भएको थियो। भवन निर्माणको अनुमानित लागत रु. ११ करोड ६ लाख ८२ हजार ६ सय ८७ रुपैयाँ २० पैसा (भ्याट तथा पी.एस. सहित) रहेकोमा अनुमानित लागतभन्दा करिब २ करोड ९२ लाख रुपैयाँ कम रकममा ठेक्का सम्झौता भएको छ। सम्झौता रकम अनुमानित लागतको तुलनामा करिब २६.३७ प्रतिशत कम हो।सम्झौताअनुसार निर्माण कम्पनीले भवन निर्माणको काम २०८४ पुस २९ गतेभित्र सम्पन्न गर्नुपर्नेछ।कार्यक्रममा गाउँपालिका वडाध्यक्ष, कार्यपालिका सदस्य, कर्मचारी, निर्माण कम्पनीका प्रतिनिधि हरूको सहभागिता रहेको थियो।

    Article inline ad #1
  • हाल गाउँपालिकाको प्रशासनिक काम पुरानै भवनबाट सञ्चालन हुँदै आएको छ। पर्याप्त भौतिक संरचना तथा ठाउँको अभावका कारण कार्यालय सञ्चालन र नागरिकलाई सेवा प्रवाहमा कठिनाइ हुँदै आएको गाउँपालिकाका अध्यक्ष निर्मल रानाले बताउनुभयो।

    Article inline ad #2

    गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजबहादुर सार्कीले नयाँ प्रशासनिक भवन निर्माणपछि कार्यालय सञ्चालन तथा नागरिकलाई सेवा प्रवाहमा थप सहजता आउने बताउनुभयो। उहाँले भवन निर्माणको काम निर्धारित समयसीमा, गुणस्तर र मापदण्डअनुसार सम्पन्न गर्न आवश्यक समन्वय र निगरानी गरिने बताउनुभयो।

    गाउँपालिकाका उपाध्यक्ष सपना चौधरी रानाले नयाँ प्रशासनिक भवन निर्माणपछि नागरिकलाई सेवा प्रवाह गर्न थप सहज हुने बताउनुभयो। उहाँले आयोजना निर्धारित समयसीमा र गुणस्तर कायम गर्दै सम्पन्न हुनेमा आफू विश्वस्त रहेको बताउनुभयो

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Leave a Reply

    Below Comments Ad
  • Back to top button
    Advertisement
    Rimal Dental Clinic - Punarbas 6