
कञ्चनपुर क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यमा दिवानसिंह विष्टको नाम सर्वसम्मतले सिफारिस
Above Article Content Ad
कञ्चनपुर क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यका लागि नेपाली काँग्रेसले दिवानसिंह विष्टको नाम सर्वसम्मतले सिफारिस गरेको छ।
मङ्सिर ४ मा हुने निर्वाचनका लागि संविधानसभा सदस्य समेत रहेका विष्टलाई सर्वसम्मत सिफारिस गरिएको नेपाली काँग्रेस क्षेत्र नम्बर १ प्रदेश ‘क’ का सभापति मानबहादुर रोकायाले बताए।
Article inline ad #1
त्यसैगरी प्रदेश ‘ख’ समितिले प्रदेशसभा सदस्य पदका लागि प्रत्यक्षतर्फ क्षेत्रीय सभापति गोपीप्रसाद उपाध्याय, प्रदेश ‘ख’ का सभापति चेतन कुमार राई, महाधिवेशन प्रतिनिधि जनक सिंह धामी, क्षेत्रीय सचिव विश्राम राना र रामकृष्ण रानाको नाम सिफारिस गरेको छ।
Article inline ad #2
यस्तै समानुपातिकतर्फ कृष्णबहादुर दमाई, चन्द्रबहादुर सिंह, दानबहादुर पाण्डे, प्रकाशराज पन्त, राधिका देवी जोशी, लालबहादुर रावत, शेरसिंह टेर र सगुना रानालाई सिफारिस गरिएको छ।
फेसबुक प्रतिक्रियाहरु
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1
+1
Below Article Content Ad