
महेन्द्रनगरमा होटल सञ्चालकमाथि कुटपिट गरेर फरार गौरव धनगढीमा पक्राउ
Above Article Content Ad
कञ्चनपुर – कञ्चनपुरको महेन्द्रनगरमा गत जेठमा होटल सञ्चालकमाथि कुटपिट गरेर फरार भएका एक जना धनगढीबाट पक्राउ परेका छन् । पक्राउ पर्नेमा भीमदत्त नगरपालिका–६ का २६ वर्षीय गौरव चन्द रहेको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय कैलाली र लागूऔषध नियन्त्रण ब्युरो धनगढीको संयुक्त टोलीले गएराति चन्दसहितका तीन जनालाई लागूऔषध खैरो हेरोइनसहित पक्राउ गरेको हो । पक्राउ परेका चन्द गत जेठमा महेन्द्रनगरको होटल ग्रान्ड प्यासिफिकमा कुटपिटको घटनामा समेत संलग्न रहेको कञ्चनुर प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) टेकबहादुर रावतले चन्द कुटपिटको घटनापछि फरार अवस्थामा रहेको बताए । उनीसँगै कुटपिटमा संलग्न समूह फरार थियो । प्रहरीले उक्त घटनासँग सम्बन्धीत मुद्दा अदालत पेश गरिसकेको छ ।
Article inline ad #1
गत ९ जेठमा राति युवाहरुको समूहले होटल प्यासिफिकभित्र प्रवेश गरेर सञ्चालकका भाइ गोविन्द चन्दमाथि कुटपिट गरेको थियो । कुटपिट गरेको सीसीटीभी फुटेज सामाजिक सञ्जालमा भाइरल बनेको थियो ।
Article inline ad #2
फेसबुक प्रतिक्रियाहरु
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1
+1
Below Article Content Ad















